गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ। त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन। खुसी भएको हेर्न चाहन्छ।यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’


प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए।

उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए।प्रधानमन्त्रीकाेलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पाेखरेल, सभामुख कृष्णबहादुर महरा,नेकपाका नेताहरुलगायत पुगेका थिए।

प्रकाशित : असार १, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?