१० दिन थुनामा बसेर निस्किएपछि स्ट्यान्ड अप कमेडियन प्रनेशले के भने ?

जनकराज सापकोटा

काठमाडौँ — विद्युतीय कारोवार ऐन अर्न्तगत १० दिन थुनामा बसेर निस्किएका स्ट्याण्ड अप कमेडिएन प्रनेश गौतम यतिबेला आफैंमाथि समीक्षा गर्दैछन् । मंगलबार बिहान कान्तिपुरसँगको कुराकानीमा प्रनेशले थुनामा परेपछिका घटनाक्रम र अदालती आदेशबाट रिहा भएपछिको अनुभव साटे ।

१० दिन थुनामा बसेर निस्किएपछि स्ट्यान्ड अप कमेडियन प्रनेशले के भने ?

आफू माध्यम भएर गरिएको अभिव्यक्ति स्वतन्त्रताको बहसले चर्चामा आएको र आफूमाथी झनै जिम्मेवारी थपिएको जस्तो महशुस भएको उनले सुनाए । प्रनेशले भने, ‘म थुनामा रहँदा धेरैले मेरोबारे चासो चिन्ता राख्नुभयो । मेरो कमेडीप्रति धेरथोर असहमत हुनेहरुले पनि मलाई थुनामुक्त गर्नपर्छ भनेर बोल्नुभयो, लेख्नुभयो । सबैको ध्यान तानियो । अब सबैको विश्वासलाई कायम राख्ने गरी झनै राम्रो र सबैको मन जित्ने कमेडी गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको छ ।’


प्रनेशले आफुले स्याण्डअप कमेडीबारे सिक्दै गरेको र अझै धेरैकुरा सिक्न बाँकी नै रहेको स्वीकारे । उनले नेपाली समाजका निम्ति स्ट्याण्डअप कमेडी नयाँ विषय भएको र यो क्षेत्र आफैं सिक्दै अगाडि बढिरहेको बताए । उनले भने, ‘सायद यो घटनाले मलाई झनै गम्भीर बनाइदिएको छ । अब म झनै धेरै सिक्दै अगाडि बढनेछु ।’

प्रकाशित : असार ३, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?