गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो। प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए।

परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे। ‘तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ। उक्साहटमा आएको देख्नुहुन्छ। सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष द्वारिकामान तण्डुकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं। होली वाइन देख्छौं।’

प्रकाशित : असार ४, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

विमान दुर्घटना गराएको आरोपमा ४ जनालाई पक्राउ पुर्जी 

एजेन्सी

काठमाडौँ — सन् २०१४ मा नेदरल्यान्डस्‌को एमस्टर्डमबाट कोलालम्पुर उडेको मलेसियन एयरलाइन्सको एमएच १७ विमान दुर्घटना गराएको आरोपमा ४ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । दुर्घटना छानबिन गरिरहेका डच अनुसन्धानकर्ताहरूले ३ रसियाली र एक युक्रेनी नागरिकलाई मुख्य दोषी देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जमिनबाट मिसाइल प्रहार गरी विमान खसालिएको थियो। डच अनुसन्धानकर्ताहरूले रुसी नागरिक इगोर गिर्किन, सर्जे डुबिन्सकी, ओलेग पुलाटोभ र युक्रेनी नागरिक लियोनिड खारचेन्को घटनामा संलग्न रहेको बताएका छन्। उनीहरू चारै जनालाई पक्राउ पुर्जी जारी गरिएको बीबीसीले जनाएको छ।

उक्त विमानयुक्रेन तथा रसियाको सीमावर्ती क्षेत्र दोनेत्स्क ओब्लास्टनेर दुर्घटनाग्रस्त भएको थियो।विमानमा १५ जना चालक दलका सदस्यसहित २९८ यात्रु सवार थिए। विमान नेदरल्याण्ड्सका १५४, मलेसियाका ४३, अस्ट्रेलियाका २७, इन्डोनेसियाका १२, बेलायतका ९, जर्मनीका ४, बेल्जियमका ४, फिलिपिन्सका ३, क्यानडाका १ र अन्य देशका ४१ यात्रु सवार थिए।

राडारसँग सम्पर्क विच्छेद हुनु ठिक अगाडी विमान युक्रेनको युद्धग्रस्त क्षेत्रमाथि उडिरहेको र रुसी आकाशमा प्रवेश गर्न थालेको थियो। ग्रिनइच समय अनुसार १७ जुलाई बिहान १०:१५ बजे एमस्टर्डमबाट उडेको विमान राति १०:१० मा क्वालालम्पुर पुग्नु पर्ने थियो। तर विमान उडेको ४ घण्टामै रडारसँग सम्पर्क विच्छेद भएको थियो।

प्रकाशित : असार ४, २०७६ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्