कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर [भिडियो]

काठमाडौँ — सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर [भिडियो]

विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो । प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए ।


परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे । ‘तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ । उक्साहटमा आएको देख्नुहुन्छ । सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष द्वारिकामान तण्डुकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं । होली वाइन देख्छौं ।’


प्रकाशित : असार ४, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?