'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

'त्रिभुवन विश्वविद्यालयबारेमा छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो?' उनले प्रश्न गरे।


'भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु,' सांसद सापकोटाले भने।

सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको गलबन्दी बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेद्‌भावका दृष्टिले अपमान गर्न खोजेकाले भेद्भाव गर्न खोज्नेलाई साइबार कानून बमोजिम कानूनी कारवाही हुनुपर्ने माग गरे।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सांसद विश्वकर्माको आरोप थियो। सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसद्मा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसङ्गत छ? भनेर प्रश्न गरे।
सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक विरुद्धको आन्दोलन विसं २०६२/६३ पछिको ठूलो आन्दोलनका रुपमा अघि बढेकाले त्यसमा भएका सबै असान्दर्भिक दफा खारेज गर्न माग गरे। विधेयक प्रदेशसभाको अधिकारलाई वञ्चित गर्ने गरी आएको उनको आरोप थियो।

गुठी जग्गासँग मात्र सम्बन्धित नभएको तर सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्न नहुने सांसद श्रेष्ठको भनाइ थियो। सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको सदरमुकाम जोड्नेद्वारका रुपमा रहेको पुल जीर्ण भइसकेको र सो पुल भत्केमा सदमुकाममा नाकाबन्दी हुनसक्ने भएकाले यथाशीघ्र बनाउन माग गरे।
सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गरे। विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन सुरु हुने भएकाले बेलैमा सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद महेश्वरजंग गहतराजले तराई क्षेत्रमा वर्षाका कारण मात्र नभई भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे।
सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएकाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाए।। ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो।

यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे। सांसद पोल्देनछोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलिब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गरे।

मनाङ सदरमुकामको घट्टेखोलाको पुलमा समेत बाढीले असर गरेकाले जीर्णोद्वार गर्न उनलले ध्यानाकर्षण गराए। सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आयआर्जन बढाउन सिञ्चाइको व्यवस्थाका लागि बाँध बाँध्ने र विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई शेयर दिनुपर्ने माग गरे।

यो पनि पढ्नुहोस् :
प्रतिक्रिया
पठाउनुहोस्

भाइरल ‘कुर्सी सलामी’ मेयरको स्पष्टोक्ति : 'अञ्जानमा गल्ती भो’

रमेशचन्द्र अधिकारी

धनकुटा — जब खेलकुदको धुन बज्न थाल्यो, नगर प्रमुख भने कुर्सी माथि चढेर सलामी दिन थाले । भेला भएका सर्वसाधारण अनौठो मानेर दृश्य नियालिरहे । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नेक्रममा बुधबार जितपुरस्थित खेल मैदानमा सलामी दिएका हुन् ।

उपप्रमुख मञ्जु अधिकारी सहित अन्य अतिथि भूइँमा उभिएका थिए। तर, प्रमुख नेपाल मात्र कुर्सीमा उभिएर सलामी दिए। उनी प्लाष्टिकको कुर्सीमा टेकेर सलामी दिन टेबल माथि उभिएका थिए।
पछिल्लो केही दिनमा उनले सलामी दिएको तस्बिर र शैलीबारे सामाजिक सञ्जालमा टिप्पणी आउनेक्रम तीव्र बनेको छ। गणतान्त्रिक व्यवस्थाका जनप्रतिनिधिले विगतको राजतन्त्रात्मक शैलीको व्यवहार देखाउने गरिएको भन्दै सर्वसाधारणबाट गुनासो चुलिएको छ। खासगरी विगत दुई दिनदेखि सामाजिक सञ्जालमा ‘कुर्सी सलामी’ को तस्बिर भाइरल हुँदै गएपछि खैलाबैला मच्चिएको छ। नगर प्रमुखले त्यसप्रकारको शैली अपनाउने कार्यलाई पचाउन नसकिने स्थानीय रविन बुढाथोकी बताउँछन्। ‘उक्त कार्य सामान्तवादी शैलीको छ,' उनले भने, ‘यो जनप्रतिनिधिले सुहाउने तौरतरिका होइन।’
जिल्लाका ७ स्थानीय तहमध्ये सबैमा तत्कालिन एमालेले क्लीन स्वीप जीत हात पारेको थियो। त्यसमध्ये प्रभावशाली मेयरको रुपमा देखिएका नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखाएको शैली अपच्य सावित भएको स्थानीयको गुनासो छ।
पछिल्लो समय सामाजिक सञ्जालको टिप्पणी र सलामीको तस्बिरलाई आवश्यकता भन्दा बढि नकारात्मक बनाइएको उक्त नगरपालिका अन्तर्गत प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अधिकृत गौरब कार्कीको भनाई छ। उनले मनशाय खराब नगरि गरिएको कार्यलाई क्षम्य हुनु पर्ने तर्क राखे। उक्त कार्यबारे प्रतिक्रिया लिन बारंबार सम्पर्क गर्दा नेपालले टेलिफोन उठाएनन्।
तर, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायामाझी र स्रोत व्यक्ति पुष्पबहादुर कटुवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति मार्फत उक्त टिप्पणी प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
खेलकुद प्रतियोगितामा उपस्थितिका आधारमा सबैभन्दा वरिष्ठ व्यक्तिको हैसियतमा आयोजकको आग्रहमा टेबलमा उभिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ। विगतमा जस्तै नियमित सलामीको कार्य भएकोले भ्रम फैलाउने काम नगर्न नगर कार्य पालिकाको कार्यालयको तर्फबाट आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ। खेलाडीलाई प्रोत्साहन दिन अरु भन्दा माथि उभिएर सलामी दिइएको दाबी समेत गरिएको छ।
यस्तै, नगरपालिकाका प्रमुख नेपालले समेत सोमबार सामाजिक सञ्जाल मार्फत आफूले गरेको कार्यप्रति आत्मालोचना गरेका छन्। उनले आफूबाट अञ्जान गल्ती गरेको बताएका छन्। ‘म बाट गल्ती भएको महसुस भइरहेको छ,' उनले भने, ‘आगामी दिनमा यसलाई पाठ ठानेर सुधार गर्ने छु।’ आफूले तल बसेरै सलामी दिने भनेपनि आयोजकले चलन रहेको भन्दै टेबल ल्याएपछि सोही बमोजिम गरेको उनले उल्लेख गरेका छन्। सामान्तवादको सिको गर्न खोजेको आरोपलाई भने स्वीकार गर्न नसक्ने उनले जनाएका छन्।

पढ्नुहोस् विज्ञप्ति:

प्रकाशित : असार ९, २०७६ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्