कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गगन थापाले भने, 'केही साहुलाई पोस्न मात्रै वन कार्यविधि ल्याउन लागिएको छ'

काठमाडौँ — सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै थापाले 'संरक्षित क्षेत्रभित्र निर्माण हुने संरचनासम्बन्धि कार्यविधि २०७६' को विरोध गरे । सरकारले उक्त कार्यविधि ल्याउने अन्तिम तयारी गरेको छ ।

गगन थापाले भने, 'केही साहुलाई पोस्न मात्रै वन कार्यविधि ल्याउन लागिएको छ'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद थापाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाए । । ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो ।


यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे ।

प्रकाशित : असार ९, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?