मानव तस्करीको जालोमा पर्दा ७६ लाख स्वाहा !

१३ देश कटेर अमेरिका, १७ महिना थुनामा परेर डिपोर्ट 
कान्तिपुर संवाददाता

काठमाडौँ — संगठित मानव तस्करले सजिलै अमेरिका छिराईदिने कुरामा भर पर्दा दाङका नरेन्द्र बस्नेतले झण्डै ज्यान गुमाएनन् । अवैध रुपमा १३ देश कटेर महिनौंपछि उनी अमेरिका त छिरे । तर अमेरिकी अध्यागमनले उनलाई शरणार्थीको मान्यता दिन नसक्ने भन्दै नेपाल नै फिर्ता पठाईदियो । यो यात्रामा उनले झण्डै ७६ लाख गुमाए ।

नरेन्द्र र नरेन्द्रकी आमाले मानव तस्करीको फन्दामा परेपछिको दुःख हामीसँग साटेका छन्।


प्रकाशित : असार १३, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्

'उहीसँग बिहे गर' को भिडियो सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्कीले लोक पारखीमाझ नयाँ कोसेली पस्केका छन् । मायापिरतीका मार्मिक भाका सिर्जना गर्न सिपालु कार्कीले 'उहीसँग बिहे गर' गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् । 

केही समयको रिक्ततालाई पूर्ति गर्न नयाँ सिर्जना बजारमा ल्याएको गायक कार्कीले बताए । 'केही समयदेखि नयाँ गीत आएन भनी सोधीराख्नु हुने आमश्रोता/दर्शक, संगीतप्रेमी साथीहरुसँग नयाँ गीतमार्फत् जोडिएको छु' उनले फेसबुकमा लेखेका छन्, 'यहाँहरुको सकारात्मक, नकारात्मक दुवै खाले कमेन्ट हाम्रो लागि भविष्यको मार्गदर्शन हुनेछ ।'

गायनमा उद्धवलाई पार्वती कार्कीले साथ दिएकी छन् । शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको गीतको भिडियो प्रोसेस तिमल्सिनाले निर्देशन गरेका हुन् । रचना भने संगम थापा र पार्वती कार्कीको छ । भिडियोमा अनु पराजुली, बिक्रम थपलिया, रिता थापा, पूर्णप्रसाद ढुंगाना, राधिका सञ्जेल तथा बाल कलाकार रिदम सुवेदी र प्रितिका पौडेल लगायतको अभिनय छ ।



प्रकाशित : असार १३, २०७६ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्