यसरी गरियो ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपराह्न ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । अभ्यासका कारण करिब आधा घण्टा विमानस्थल बन्द भएको थियो ।

यसरी गरियो ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक २ वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ । बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उडान नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट-५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिएको थियो । अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखियो ।


प्रकाशित : असार १३, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?