कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिबियाबाट फर्केका पूर्ण अधिकारीले भने, 'बरु नेपालमा हलो जोतेर खानुस्, बिन्ति छ अवैध बाटोबाट परदेश नजानुस्'

जनकराज सापकाेटा

काठमाडौँ — अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा द्वन्द्वग्रस्त लिबियाबाट शुक्रबार फर्केका आठ जनाले महिनौं लामो कष्टकर बसाईपछि बल्लतल्ल बाँचेर नेपाल फर्केको बताएका छन् ।

लिबियाबाट फर्केका पूर्ण अधिकारीले भने, 'बरु नेपालमा हलो जोतेर खानुस्, बिन्ति छ अवैध बाटोबाट परदेश नजानुस्'

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा उनीहरुसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो । त्रिपोलीबाट अवैध रुपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुन्द्रिक सुरक्षा गार्डले फर्काएपछि झण्डै एक महिना आप्रवासी क्याम्पमा बसेर उनीहरु नेपाल फर्किएका हुन् ।


शुक्रबार बिहान सात बजे टर्किस एअरलाइन्समार्फत काठमाडौं आएका पीडितहरुले कान्तिपुरसँग महिनौ लामो कष्टसाध्य यात्राको कहर सुनाए । उनीहरुले एजेन्टले मिलाएको सेटिङमा सजिलै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा दुबई पुगेको र त्यहाँबाट लिबिया पुगेको बताए । पूर्ण अधिकारीले भने, 'बरु नेपाली दाजुभाइ नेपालमा हलोजोतेर बस्नुस् । तर अवैध बाटोबाट परदेश नआउनुहोला ।'

प्रकाशित : असार २०, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?