यसरी जोगियो खहरे खोलाको बाढिमा परेको गाडि (भिडियो)

ताप्लेजुङ — सदरमुकाम फुङलिङवाट दुइजना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदैगरेको पिकअप गाडि खहरे खोलाको बिचैमा फस्यो । कञ्चनजंघा संरक्षण क्षेत्र ब्यवस्थापन परिषदले रिजर्भ गरेको गाडि तावाखोलामा फसेको थियो ।

यसरी जोगियो खहरे खोलाको बाढिमा परेको गाडि (भिडियो)

परिषद अध्यक्ष खगेन्द्र फेम्वुका अनुसार खोलामा पस्नु अघि चालक लगायतका यात्रुले पानीको सतह हेरेका थिए । सहजै तर्नसक्ने ठहर भएपछि चालकले गाडि खोलामा त लगाए तर बिचमा पुग्दा खहरे खोलो बढेर आएपछि गाडिको स्टार्टनै बन्द भयो । आफुहरु झ्यालवाट गाडिको छतमा चढेर बाहिर हामफालेर भागेको परिषदका लेखापाल मनप्रसाद लिम्वूले वताए ।


भेलले गाडिको एउटा चक्का र गाडि भित्रको दुइवटा सिट बगाएर लग्यो । बाहिर निस्किएका यात्रुले गाडिलाइभने फलामको रडले बाादेर बग्नवाट जोगाए र पानीको सतह घटेपछि अर्को गाडिको मद्धतमा निकालियो ।


हिमाली तथा पहाडि जिल्लामा यसरी एक्कासी उर्लेर आउने खहरे खोलाको जोखिम जहिल्यै हुने फेम्वु बताउँछन । तल्लो क्षेत्रमा नपर्दापनि लेकाली क्षेत्रमा पर्ने पानीले खहरे खोला बड्ने र त्यसको जोखिम तल्लो क्षेत्रसम्म बड्ने गरेको हो ।


प्रकाशित : असार २४, २०७६ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?