राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल भन्छन्- 'विपन्न वर्ग कर्जालाई व्यवस्थित गर्छौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौद्रिक नीति तर्जुमा प्राविधिक पक्ष रहेको बताएका छन् । सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न मौद्रिक नीतिले सहयोग पुर्‍याउने, मूल्य वृद्धि सीमाभित्र राख्ने र वित्तीय स्थायित्व कायम गर्ने गरी राष्ट्र बैंकले आगामी मौद्रिक नीति बनाउने उनको भनाइ छ ।

'सरकारको साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिरहेका छौं,' उनले भने, 'उत्पादनमूलक क्षेत्रको परिभाषा केही परिमार्जन गर्दै छौं । उत्पादनमूलक क्षेत्रमा ऋण लगानी बढाउन र ठूलो मात्रामा रोजगारी सिर्जना गराउन यसो गर्न लागिएको हो ।'

प्रकाशित : असार ३०, २०७६ १६:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाढी पीडितका लागि नेविसंघद्वारा राहत संकलन सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — बाढीका कारण विस्थापित भएकाहरुका लागि नेपाल विद्यार्थी संघले राहत संकलन सुरु गरेको छ । नेविसंघले सोमबारबाट राहत संकलन सुरु गरेको हो । 

रौतहट लगायत मुलुकका विभिन्न क्षेत्रमा बाढीका कारण विस्थापित भएकाहरुलाई सहयोग गर्ने हेतुले राहत संकलन गरिएको नेविसंघका नेता सिजर भट्टले जानकारी दिए । नेविसंघले तीनदिनसम्म जिन्सी तथा नगद संकलन गर्ने जनाएको छ ।

सोमबार राजधानीको न्युरोड,वसन्तपुर,भोटाहिटी,कोटेश्वर लगायतका क्षेत्रबाट करिब ५० हजार बराबरको जिन्सी तथा नगद संकलन भएको नेविसंघले जनाएको छ ।

प्रकाशित : असार ३०, २०७६ १६:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT