२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मलेसियाली विमान दुर्घटना

एक सय ९६ शव भेटिए

किभ (बीबीसी/सिन्हवा) — मलेसियन एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १ सय ९६ यात्रुको शव भेटिएको युक्रेनी अधिकारीले जानकारी दिएका छन् । विमानमा चालक दल र यात्रु गरी २ सय ९८ सवार थिए । रुस समर्थक विद्रोहीले विमानको ब्ल्याक बक्सजस्तै सामग्री फेला पारेको बताएका छन् ।

त्यसलाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको जिम्मा लगाइने स्वघोषित दोनेत्स्क जनगणतन्त्रका प्रधानमन्त्री अलेक्जेन्डर बोरोदाईले बताए ।
एयरलाइन्सको अस्तित्व संकटमा
मलेसियन एयरलाइन्स कम्पनीको सेयरमा शुक्रबार ११ प्रतिशत गिरावट आएर बन्द भयो । विमान दुर्घटनापछि पश्चिमी देश, युक्रेन र रुसबीच तनाव बढेको छ । त्यसको असर एसियाली बजारमा देखिएको छ । गत मार्च ८ देखि बेपत्ता मलेसियन एयरलाइन्सकै एमएच ३७० विमान अहिलेसम्म भेटिएको छैन । ती घटनाले उक्त कम्पनीको अस्तित्वमाथि प्रश्न उठेको छ ।
'केही महिनाको अन्तरमा कुनै राष्ट्रिय ध्वजावाहक कम्पनीले आफ्ना दुई विमान गुमाएको यो घटना इतिहासमा पहिलो हो,' उक्त एयरलाइन्सका बैंकर तथा डीभीबी बैंकको एभिएसन विभाग प्रमुख बट्ररान्ड ग्राबोस्कीले भने, 'मलेसियन एयरलाइन्सलाई ज्यादा सरकारी सहायता आवश्यक छ ।' उक्त एयरलाइन्स केही वर्षयता निरन्तर घाटामा छ । ९ महिनायता मात्र कम्पनीको बजार मूल्यमा ४० प्रतिशतले गिरावट आइसकेको छ ।
एयरलाइन्सको ठूलो हिस्सेदार सरकारी कम्पनी 'खजाना नेसनल' ले आफ्नो सेयर निजी कम्पनीलाई दिनेबारे छलफल थालेको छ । 'ठूलै परिमाणको सेयर नभित्र्याए मलेसियन एयरलाइन्स आगामी एक वर्षसम्म पनि सञ्चालन हुन नसक्ने देखिएको छ,' क्वालालम्पुरका सेयर विश्लेषक मोहसिन अजिजले भने । जानकारको भनाइमा युरोपेली दृष्टिकोणबाट यी दुई दुर्घटनाका कारण मलेसियन एयरलाइन्सको ब्रान्डमाथि प्रश्न उठिसकेको छ ।

प्रकाशित : श्रावण ५, २०७१ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?