१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धार्मिकगुरु मारिए

पेसावर (एएफपी) — पाकिस्तानको उत्तर-पश्चिमी तनावग्रस्त उत्तरी वजिरिस्तानमा सोमबार सडकमा राखिएको एक बम विस्फोट हुँदा एक स्थानीय धार्मिक नेताका साथै अन्य दुई व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


पाकिस्तानमा सेनाले लडाकुहरूमाथि कारबाही सुरु गरेपछिको यो पछिल्लो आक्रमण हो। ५० वर्ष नाघेका फकिर जमसेदको मृत्यु भएको र निजलाई समर्थकहरूले सन्तको रूपमा हेर्ने गरेका बताइएको छ। यी धार्मिक नेता इस्लामको सुफी सम्प्रदायसँग
आबद्ध छन्। यस सम्प्रदायलाई तालिवान तथा अन्य लडाकुले प्रतिद्वन्द्वी मान्ने गर्छन्।
यी धार्मिक नेताले गत वर्षको आमनिर्वाचनमा एक स्वतन्त्र उम्मेदवारको रूपमा देरा इस्माइल खानबाट लडेका थिए। यस क्षेत्रमा जुन महिनाको दोस्रो सातादेखि सेनाले लडाकुमाथि कारबाही थालेको हो।

प्रकाशित : श्रावण २०, २०७१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?