चीनमा भूकम्प मृतक ३९८ पुगे

बेइजिङ (बीबीसी) — चीनको दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पमा मृतकको संख्या सोमबारसम्म कम्तीमा ३ सय ९८ पुगेको छ। र, कतिको ज्यान गर्‍यो भन्ने अझै थाहा हुन सकेको छैन । आइतबार त्यहाँ ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो। करिब १८ हजार मानिस घाइते भएका छन् ।


चीन सरकारले समस्याग्रस्त क्षेत्रमा थप २५ सय सैनिकलाई उद्धारका लागि पठाएको छ। सैनिकले भूकम्पमा पुगिएकाहरूलाई खोज्न सहज हुने मेसिन र खन्ने सामग्री लिएर उद्धार गरिरहेका छन्। त्यहाँको सरकारी च्यानल सीसीटीभीले यो भूकम्प १४ वर्षयताकै ठूलो रहेको बताएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले उद्धारकार्यमा तीव्र रूपमा लाग्न र समस्यामा परेका जनतालाई बचाउन सैनिकलाई आदेश दिएका छन्। समाचार एजेन्सी सिन्ह्वाले १२ हजार घर पूर्ण रूपमा ध्वस्त भएका र ३० हजार घर भूकम्पबाट क्षतिग्रस्त भएको जानकारी दिएको छ। सरकारले २ हजार टेन्ट, ३ हजार फोल्डिङ बेड, ३ हजार दुई लेयर भएको बेड र ३ हजार विशेष लत्ताकपडा क्षतिग्रस्त क्षेत्रमा पुर्‍याएको छ। तर अत्यावश्यक सामग्रीलाई सरकारले पुर्‍याउन ढिलो गरेको बीबीसीकी बेजिङस्थित सेलिया हटनले जानकारी दिइन्। वषर्ा र पहिरोका कारण क्षतिग्रस्त क्षेत्रमा पुग्न निकै गाह्रो भएको उनले बताइन्। युनानस्थित ज्हाअटोङ सिटीको लुडियन कन्ट्री अस्पतालकी चेन वाङच्याङले औषधोपचारको व्यवस्था गरेको बताइन्।

 

प्रकाशित : श्रावण २०, २०७१ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?