१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मोनरोभिया सहरमा कर्फ्यु

मोनरोभिया (बीबीसी) — इबोला भाइरसबाट ग्रस्त लाइबेरियाको राजधानी मोनरोभियाको सबभन्दा ठूलो झुपडी बस्तीलाई अलगथलग पारेर कर्फ्यु लगाइएको छ।


राष्ट्रपति एलन जोनसन सरलिफले वेस्ट प्वाइन्ट क्षेत्रमा रातभर कफ्र्यु जारी रहने बताएकी छन्। उक्त क्षेत्रमा आवागमन बन्द रहने उनले भनेकी छन्। आन्ध्र महासागर किनारस्थित उक्त क्षेत्रमा सुरक्षाकर्मीले गस्ती गरिरहेका छन्। तटरक्षकहरूले डुंगाबाट अनुगमन गरिरहेका छन्।
अधिकारीहरूको चेतावनी र स्वास्थ्यकर्मीको सल्लाहलाई नमान्दा सरकार इबोला नियन्त्रण गर्न असफल भएको उनले बताएकी छन्। विश्व स्वास्थ्य संगठनको निर्णयअनुरुप इबोलाविरुद्ध प्रयोग गरिएको प्रयोगात्मक औषधिले निकै सुधार भइरहेको सूचनामन्त्री लुविस ब्राउनले बताएका छन्। उक्त मुलुकले सावधानी अपनाउँदै यस मुलुकको सुरुमै संकटकाल घोषणा गरिसकेको छ। संक्रमितको शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ।

प्रकाशित : भाद्र ५, २०७१ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?