आईएसविरुद्ध थप आक्रमण

बग्दाद (बीबीसी) — आफ्नो नियन्त्रणमा रहेका अर्का अमेरिकी पत्रकारको समेत हत्या गर्ने इस्लामिक स्टेट (आईएस) ले दिएको चेतावनीको उपेक्षा गर्दै अमेरिकाले उत्तरी इराकमा लडाकुमाथि ताजा आक्रमण गरेको छ।


मोसुल सहर नजिक आईएससँग लडिरहेको कुर्दिस र इराकी सुरक्षा बललाई अमेरिकी नौसेनिक योद्धा र चालकरहित विमानले हवाई सुरक्षा प्रदान गरेको छ। आईएस समूहले मंगलबार अमेरिकी युद्ध पत्रकार जेम्स फोलीको हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो।
उनी सन् २०१२ देखि सिरियाबाट हराइरहेका थिए। इराकमाथिको आक्रमण र हस्तक्षेप नरोकेमा लडाकुले उक्त भिडियोमा अर्को एक अमेरिकी पत्रकारको हत्या गर्ने धम्की दिएको थियो।
उक्त भिडियो बाहिर आएदेखि अमेरिकी सुरक्षा बलले लडाकुको मुख्य थलो मोसुल बाँधमा १४ थप हवाई आक्रमण गरेको छ। आईएसको सवारी र अन्य लक्ष्यलाई सफलतापूर्वक सफाया गरिएको अमेरिकी अधिकारीहरूले भनेका छन्। सिरिया र इराकको ठूलो भू-भागमा आधिपत्य जमाएको आईएसविरुद्ध ८ अगस्टदेखि अमेरिकाले आक्रमण जारी राखेको छ। जारी आक्रमणको बदलामा अमेरिकी पत्रकार फोलीको हत्या गरेको आईएसले भिडियोमार्फत जनाएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार राति उक्त हत्यालाई पूरा विश्वको अन्तरआत्मालाई चेाट पुर्‍याउने आतंककारी गतिविधि बताए।



 

प्रकाशित : भाद्र ६, २०७१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?