२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

केरलामा रक्सी पिउन प्रतिबन्ध

मुम्बई (एएफपी) — दक्षिण भारतको केरलामा राज्य सरकारले चरणबद्ध रूपमा मादक पदार्थ (रक्सी) मा प्रतिबन्ध लगाउने योजना बनाएको छ। राज्यमा दुव्र्यसन रोक्नका लागि अधिकारीहरूले रक्सीको बेचबिखन र सेवनमा रोक लगाउँदै जाने बताएका छन्।

केरलामा रक्सी पिउन प्रतिबन्ध

केरलाका अधिकारीहरूले यसको सेवनले समाजमा नराम्रो प्रभाव पारेको र यसका कारण आपराधिक क्रियाकलापमा पनि वृद्धि हुन सक्ने भएकाले आगामी दस वर्षभित्रमा राज्यमा यसमाथि प्रतिबन्ध लगाइने बताएका छन्।
उनीहरूका अनुसार राज्यका विभिन्न क्षेत्रमा चरणगत रूपमा प्रतिबन्ध लगाइनेछ। यो विभिन्न चरणमा गरी आगामी दस वर्षभित्रमा बेचबिखनमा प्रतिबन्ध लाग्ने छ। उक्त राज्यका डान्स बारमा पनि रक्सीको सेवनमा प्रतिबन्ध लाग्ने र ती बार तथा रेस्टुरेन्टहरूको लाइसेन्स पनि नवीकरण नगरिने बताइएको छ।
उक्त राज्यका अधिकारीहरूका अनुसार त्यहाँ करिब ७ सय २० रेस्टुरेन्ट र डान्स बार छन्। ती बारलाई रक्सीको बेचबिखनमा प्रतिबन्ध लगाउने गरी लाइसेन्स नवीकरणमा रोक लगाइनेछ। केरला राज्यका अधिकारीहरूले आगामी वर्षदेखि त्यहाँ रहेका पाँचतारे होटललाई मात्र रक्सीको बेचबिखनका लागि अनुमित दिइने बताएका छन्।
केरलाका मुख्यमन्त्री उमन चण्डीले भने, 'यो सत्य कुरा हो कि रक्सी समाजको एक खतरा हो र यसले समाजमा नकारात्मक असर पारिरहेको छ।' केरला भारतको एक प्रसिद्ध पर्यटकीय क्षेत्र पनि हो। त्यहाँका नागरिकले भारतमा सबैभन्दा धेरै रक्सी सेवन गर्ने गरेको एक तथ्यांकले देखाएको छ। उक्त कदमको केरला राज्यका पर्यटन व्यवसायीले विरोध गरेका छन्। उनीहरूले सरकारले रक्सीको नियन्त्रणका लागि नीति बनाउन सक्ने तर पनि यसमाथि प्रतिबन्ध नै लगाउन नहुने बताएका छन्।
राज्य सरकारले पाँचतारे होटलले मात्र रक्सीको बेचबिखन गर्न पाउने गरी बनाउन लागेको कानुनको उनीहरूले विरोध गरेका छन्। बढीजसो पर्यटक गेस्ट हाउसहरूमा पनि बस्ने गरेकाले यो कानुन अपर्याप्त हुने पनि उनीहरूको भनाइ छ। सरकारको यो निर्णयले केरलामा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको संख्या घट्ने पर्यटन व्यवसायीहरूको भनाइ छ। उनीहरूले केरला विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भए पनि यस निर्णयले उक्त गन्तव्यको व्यवसाय नै धरापमा पर्ने बताएका छन्।



 

प्रकाशित : भाद्र ७, २०७१ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?