फ्रान्समा सरकार भंग

पेरिस (बीबीसी) — मुलुकको खस्कँदो आर्थिक अवस्थाबीच फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होलान्डले सरकार भंग गरेका छन्।

फ्रान्समा सरकार भंग
प्रधानमन्त्री म्यानियल भाल्सको राजीनामापछि उनले यो घोषणा गरेका हुन्। सरकारमा सहभागी दुई मन्त्रीहरूले राष्ट्रपतिको आर्थिक नीतिको आलोचना गरेपछि त्यहाँ आन्तरिक विवाद सुरु भएको थियो। होलान्डले उत्पन्न नयाँ परिस्थितिबीच प्रधानमन्त्री वाल्सलाई नयाँ सरकार गठन गर्न भनेका छन्।
अर्थ मन्त्री गियार्नो अर्नाड मोन्टबर्ग र शिक्षामन्त्री बेनोईट हामोनले आइतबार खराब आर्थिक अवस्थालाई लिएर होलान्डको आलोचना गरेका थिए। खर्च कम गर्न सरकारले उठाएको कठोर कदमको विकासमा असर परेको उनले बताए। उक्त सार्वजनिक टिप्पणीपछि प्रधानमन्त्री वाल्सले मोन्टबुरमाथि आफ्नो सीमा नाँघेको आरोप लगाएका थिए। होलान्डले वक्तव्य जारी गरेर मुलुकका लागि तय गरिएको दिशाअनुरूप सरकार वाल्सलाई निर्देशन दिएका छन्।
अर्थव्यवस्था संवेदनशील मोडमा रहेको बेला यस्तो खाले विरोधलाई नसहने होलान्डले स्पष्ट सन्देश दिएका छन्। आर्थिक अवस्था स्थिर अवस्थामा रहेको  न्समा बेरोजगारी दर १० प्रतिशतभन्दा बढी छ।
होलान्डले अर्थव्यवस्थाको स्थितिमा सुधार ल्याउन सक्ने कुरामा २० प्रतिशतभन्दा कम मतदाताले मात्र विश्वास व्यक्त गरेको सर्वेक्षणमा भनिएको छ। खर्चमा कटौती गरेर कम्पनीहरूलाई कर छुट दिएर अर्थव्यवस्थामा सुधार ल्याउने पक्षमा होलान्ड छन्। तर उनकै पार्टीका केही  नेता यो तर्कलाई मान्न तयार छैनन्। कडा कदमबाट ध्यान विकेन्दि्रत गरेर जनतालाई सीधै रकम उपलब्ध गराउनेतर्फ होलान्ड केन्दि्रत हुनुपर्ने उनको विरोधी चाहन्छन्।







 

प्रकाशित : भाद्र १०, २०७१ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?