कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखमाथि लापरबाहीको आरोप

पेरिस (एएफपी) — विश्वकी सबैभन्दा शक्तिशाली महिलामध्ये एक मानिएकी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुख क्रिस्टिन लेगार्डमाथि फ्रान्सको अर्थमन्त्री हुँदा लाखौं युरो बराबरको भ्रष्टचार मुद्दामा लापरबाही गरेको औपचारिक अभियोग लागेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखमाथि लापरबाहीको आरोप

पेरिसको विशेष अदालतले मंगलबार उनलाई १५ घन्टासम्म सोधपुछ गरेको थियो। उनी अन्तर्राष्ट्रिय मुद्रा कोषको व्यवस्थापन निर्देशक रहेको अवस्थामा यसरी सोधपुछ गरिएको यो चौथोपटक हो। ५८ वर्षीया लेगार्डले अदालतको अनुसन्धान आयोगले यस विषयमा औपचारिक रूपमा अनुसन्धान गर्ने निर्णय गरेको जानकारी दिइन्।
प|mान्समा कसैलाई औपचारिक अनुसन्धान अन्तर्गत राखिएमा अभियोग लागेको जस्तै ठानिन्छ। अनुसन्धान गरिरहेका न्यायाधीशले यस विषयमा उत्तर दिनुपर्ने देखिएमा यस्तो अवस्था आउने गर्छ। यसो भए पनि औपचारिक अनुसन्धान सधंै मुद्दाको रूपमा अदालतमा सुनुवाइ भएको देखिएको छैन।
राजीनामा दिने मनसाय सम्बन्धमा सोधिएको प्रश्नमा उनले 'होइन' भन्ने जवाफ फर्काएकी छन्। उनको कार्यकाल २०१६ मा सकिँदै छ। अर्कोतिर अब उनको भाग्य अन्तर्राष्ट्रिय मुद्रा कोषको सञ्चालक सदस्यहरूले निर्धारण गर्नेछन्। उनले यो मुद्दामा कुनै सत्यता नभएको विचार गरी आफ्ना वकिललाई पुनरावेदन दिन निर्देशन दिएको बताइन्। उनले सन् २०११ मा डोमिनिक स्टाउस काहनलाई प्रतिस्थापन गरेकी थिइन्। काहनमाथि न्युयोर्कमा एक होटलकी कामदारसँगको यौनकाण्डमा सोधपुछ गरिएको थियो।
लेगार्डले वासिङ्टन जाने र त्यहाँ सञ्चालक बोर्डलाई यस विषयमा जानकारी दिने बताइन्। उनले प|mान्सेली व्यापारी बर्नाड तापीलाई सन् २००८ मा ४० करोड युरो सरकारका तर्फबाट भुक्तानी गर्दाको मुद्दासँग यो कारबाही सम्बन्धित छ। सन् २००७ मा राष्ट्रपति पदको निर्वाचनमा निकोलस सार्कोजीलाई सहयोग गरेको कारण उक्त रकम भुक्तानी भएको शंका गरिएको छ।
उनले सन् १९९३ मा खेलकुद सामग्री उत्पादन गर्ने संस्था एडिडास बिक्री गर्दा सरकारी बैंक क्रेडिट लियोनेससँगको विवादका कारण उक्त रकम प्राप्त गरेको बताइएको छ। उनले क्रेडिट लियोनिसले एडिडासको बिक्रीको समयमा जानाजान कम्पनीको कम मूल्यांकन गरेको दाबी गर्दै सरकार उक्त बैंकको प्रमुख धनी भएकाले आफूलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए।
लेगार्डले उक्त मुद्दालाई तीन सदस्यीय मध्यस्थकर्ताको समूहमा पठाइएकी थिइन्। उक्त समूहले तापीको पक्षमा निर्णय गरी उक्त रकम भुक्तानी गर्न आदेश दिएको हो। उक्त निर्णयमा यस क्षतिपूर्ति रकममा नैतिक रूपमा पनि क्षति पुगेको भन्दै ४ करोड ५० लाख युरो पनि समावेश गरिएको थियो। अनुसन्धानमा संलग्न न्यायाधीशहरूले उक्त मध्यस्थता समूह नै नक्कली भएको र त्यो राष्ट्रपति सार्काेजीलाई सहयोग गर्ने तापीलाई पुरस्कृत गर्न गठन भएको शंकाका गरेका छन्।
आईएमएफका प्रमुखले आफूले पूर्वराष्ट्रपतिको आदेशमा काम नगरेको बताएकी छन्। उनले तेस्रो सुनुवाइमा आफूले सधैं मुलुकको अभिरुचि तथा कानुनअनुसार काम गरेको बताएकी थिइन्। हालसम्म उनीमाथि औपचारिक रूपमा अभियोग लगाइएको थिएन। त्यसो गरिएको भए उनी आईएमएफको प्रमुखबाट हटिसक्थिन्। उनलाई हालसम्म विशेष साक्षीको रूपमा लिइएको छ। उनले अदालतले चाहेको समयमा उपस्थित भएकी छन्।
यस मुद्दामा ५ जनामाथि अभियोग लगाइएको छ। त्यसमा उक्त समयमा लेगार्डका प्रमुख कर्मचारी स्टिफेन रिचर्ड पनि परेका छन्। उनी हाल दुरसञ्चार कम्पनी अरेन्जका प्रमुख हुन्। सन् २००७ को अक्टोबरमा मध्यस्थकर्ताको समूह गठन गर्ने विषयमा लेखिएको पत्र तथा त्यसमा लागेको छापको विषयमा यो मुद्दा अगाडि बढेको छ। लेगार्डले आफू अनुपस्थित भएका अवस्थामा आफ्नो हस्ताक्षर भएको, छाप लागेको र आफूलाई उक्त पत्रका विषयमा जानकारी नभएको बताएकी छन्। फ्रान्समा यस मुद्दामा लापरबाही प्रमाणित भएमा एक वर्षसम्म कारावासको सजायका साथमा १५ हजार युरो जरिवाना हुन सक्छ।
 

प्रकाशित : भाद्र १२, २०७१ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?