कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भाग्यले बँच्यो दसजनाको परिवार

जकार्ता (एएफपी) — एयर एसिया विमानको उक्त उडानको टिकट लिइसकेको एक इडोनेसियाली परिवारका १० सदस्य भाग्यले बाँचेको रहस्य खुलेको छ । आफूहरूले आइतबार बिहानै मात्र टिकट लिएको ३६ वर्षीया क्रिश्चियानावतीले बताइन् ।

आफूहरूलाई छाडेर यात्रा समयभन्दा पहिला विमान उडेकाले आफूहरू जोगिएको उनले सुनाइन् । उक्त विमान निर्धारित समयभन्दा दुई दुई घन्टा अगावै बिहानको ५ः३० बजे उडेको थियो ।
'हामी ७:३० को समय तालिकाअनुरूप विमानस्थल आइपुगेका थियौं, विमान त दुई घन्टा अगावै उडिसकेछ,' उनले भनिन् । एकै परिवारका ६ युवायुवती र अरू पाका गरी १० जनाको परिवार नयाँ वर्ष मनाउनका लागि सिंगापुर जाने कार्यक्रम थियो । उनीहरूलेे टिकट पहिला लिए पनि एयर एसियाले उडानमा परिवर्तन गरी दुई घन्टा अगावै विमान उडाएको थियो ।
'विमानको उडान परिवर्तनका बारेमा जानकारी गराउन एयर एसियाबाट डिसेम्बर १५ र १६ मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ तर व्यस्तताका कारण फोन उठाउन सकेनौं,' क्रिश्चियानावतीले भनिन् । 'विमानस्थल पुग्नुभन्दा दुई घन्टा अगाडि जहाज उडेको भन्ने जानकारी पछि त निकै रिसायौं,' उनले भनिन् ।
विमान सेवाका कर्मचारीले त्यसपछि उनीहरूलाई एक घन्टापछि उड्न लागेको अर्को विमानमा लान खोजेको थियो । उनले भनिन्, 'हामी त्यहाँ बस्दाबस्दै विमान हराएको खबर आयो, त्यसपछि हामी उक्त विमान सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं, यो सबै सुनेर निकै नरमाइलो लागिरहेको छ, सिंगापुर जान नपाएकोमा पनि दुःखी छौं,' उनले भनिन् । उनले भनिन्, 'यो सबै भगवान्ले हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर सोचिरहेका छौं ।' विमान छिट्टै भटिने र सबै सकुशल रहेको आशा गरेको पनि उनको भनाइ छ ।

प्रकाशित : पुस १५, २०७१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?