इटालियाली जहाजको उद्दार गरियो

एथेन्स (बीबीसी) — ग्रिसको कोर्फु द्वीपनजिकै आइतबार आगलागीमा परेको इटालियाली पानी जहाज 'नोर्मन अटलान्टिक फेरी' को उद्दार गरिएको छ । यो घटनामा ७ को मृत्यु भएको छ । एकको जहाजबाट भाग्ने क्रममा मृत्यु भएको थियो ।

इटालियाली जहाजको उद्दार गरियो
अन्य ६ को शव जहाजमा फेला परेको हो । तीव्र हावा र धुँवाको मुस्लोबीच घन्टौंसम्म चलेको कारबाहीमा ४ सयभन्दा बढीको उद्दार गरिएको छ । गि्रक सहर पट्रासबाट ४ सय ७८ यात्रुसहित इटालीको अनकोना गइरहेको उक्त जहाजमा आगो लाग्ने कारण अझै खुलेको छैन । लापरबाहीले गर्दा यो दुर्घटना भएको हो कि निश्चित हुन इटालीले आपराधिक अनुसन्धान सुरु गरेको छ । रात्रिदृष्टि उपकरणले युद्ध हेलिकप्टरका चालक दलले कठिन परिस्थितिबीच आइतबार रातभर काम गरेको थियो । एकएक यात्रुको उद्दार गर्दै अर्को जहाजमा पुर्‍याइएको इटाली नौसेनाका प्रवक्ताले बताए । तीन बालबालिका र एक गर्भवती महिलासहित केही घाइतेको उपचार भइरहेको एपीले जनाएको छ । जहाजमा अधिकांश गि्रककै नागरिक थिए । अन्यचाहिँ बेलायत, इटाली, टर्की, अल्बानिया, जर्मनी र अन्य थुप्रै मुलुकका थिए ।







प्रकाशित : पुस १५, २०७१ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?