कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एयरबस ए ३२० हिलोमा

मनिला (सीबीसी न्युज) — मध्य फिलिपिन्सको अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको निर्धारित सीमा पार गरेर मंगलबार साँझ एयर एसिया एयरबस ए ३२० हिलोमा गाडियो ।

एयरबस ए ३२० हिलोमा
राजधानी मनिलाबाट आएको उक्त विमानमा १ सय ५९ जना सवार थिए । तीव्र हावाबीच उक्त उडान अवतरण भएको थियो । कोही पनि हताहत हुन पाएनन् । अकलान प्रान्तको कालिबो सहरको धावन मार्गबाट चिप्लिएको उक्त विमानका यात्रुलाई क्रुहरूले आकस्मिक स्लाइडमार्फत् सुरक्षित बाहिर निकालेका थिए । राजधानी मनिलादेखि ३ सय ५० किमि दक्षिणमा पर्ने कालिबो सहरलाई प्रमुख पर्यटकीय गन्तव्य स्थल बोराकेबीच रिसोर्टको एक लोकपि्रय गन्तव्य स्थल मानिन्छ । दक्षिण र मध्य फिलिपिन्समा खराब मौसमका कारण आएको भूक्षय र बाढीबाट कम्तीमा ३१ को मृत्यु भएको छ ।



 

प्रकाशित : पुस १६, २०७१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?