कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा बेल्जियम हान्ने योजना, २ पक्राउ

युरोपमा आतंक
एजेन्सी

ब्रसेल्स — बेल्जियन प्रहरीले नयाँ वर्षको पूर्वसन्ध्यामा ब्रसेल्समा हमलाको योजना बनाएको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।

 नयाँ वर्षमा बेल्जियम हान्ने योजना, २ पक्राउ

आइतबार र सोमबार ब्रसेल्सलगायत फ्लेमिस ब्राबान्ट र लिजे प्रान्तमा व्यापक सुरक्षा तलासी गर्दा सैन्य कपडा र कम्प्युटरहरू बरामद गरेको थियो । तर कुनै हतियार, विस्फोटक पदार्थचाहिँ फेला परेका छैनन् ।

नोभेम्बर १३ को पेरिस हमला यता बेल्जियम उच्च सतर्कतामा छ । हमलाको योजना नै बेल्जियममै बनेको थियो । एक मुख्य योजनाकार नै अझै त्यही फरार अवस्थामा छन् ।

यसपटक पक्राउ पर्नेहरूचाहिँ पेरिस हमलासँग जोडिएका छैनन् । पक्राउ पर्नेमध्ये एकचाहिँ आतंककारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको आशंका गरिएको छ । उनीहरू ब्रसेल्सका ‘सांकेतिक निसाना’ मा हान्ने योजनामा रहेको पाइएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले बरामद गरेको सामग्रीमा इस्लामिक अतिवादी समूह आईएसको प्रचारवस्तुसमेत परेको अधिकारीहरूले बताए । पेरिस हमलालगत्तै ब्रसेल्स आक्रमणकै डरका कारण ४ दिन पूरै ठप्प भएको थियो ।

स्कुल, विश्वविद्यालय र मेट्रो रेल सबै बन्द रहे । पेरिस हमलाका मुख्य योजनाकार अब्देलहामिद अबाहुद पनि एक बेल्जियन नागरिक हुन् । उनले केही समयअघि सिरिया यात्रासमेत गरेका थिए ।

यसैगरी बेल्जियन प्रहरीसहित युरोपभरको संयन्त्रले सलाह अब्देसलामको व्यापक खोजी गरिरहेको छ । उनी पनि ब्रसेल्समै जन्मेका हुन् । उनी पनि पेरिस हमलासँग प्रत्यक्ष सम्बन्धित छन् ।

उनका भाइ ब्राहिमले पेरिस हमलाकै क्रममा आफूलाई बमले उडाएका थिए । पछिल्ला वर्षमा बेल्जियमले इस्लामिक अतिवादी घटना नियन्त्रण गर्न संघर्ष गरिरहेको छ ।

प्रकाशित : पुस १५, २०७२ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?