नेपाली महिलाले रेलको शौचालयमा जन्मिएकी बच्ची ट्रयाकमा खसिन्, सकुशल

बरेली — चलिरहेको रेलको शौचालयमा एक नेपाली महिलाले जन्माएकी नवजात शिशु चिप्लिएर रेलको ट्रयाकमा खसेर पनि सकुशल रहेकी उत्तर प्रदेश रेलवेका अधिकारीले जनाएका छन् । सोमबार भोजपुरा रेलवे स्टेसननेर ट्रयाकमा खसेकी नवजात शिशुलाई सामान्य चोटमात्र लागेको बताइएको छ ।

नेपाली महिलाले रेलको शौचालयमा जन्मिएकी बच्ची ट्रयाकमा खसिन्, सकुशल



नेपालको कञ्चनपुरकी पुष्पा नामक महिलाले टनकपुरबाट बरेली गइरहेको रेलको शौचालयमा बच्चीलाई जन्म दिएकी थिइन् । बच्ची खसेको थाहा पाएपछि उनले चिच्याएर अरु यात्रीलाई खबर गरेकी थिइन् । यात्रीले आपतकालीन चेन तानेर रेल रोकेका थिए ।

रेलको ड्राइभरले स्टेसन म्यानेजरलाई खबर गरेपछि तुरुन्त एम्बुलेन्स बोलाएर शिशुलाई अस्पताल पुर्‍याइएको थियो । अहिले आमा र बच्ची दुवैको भारतकै अस्पतालमा उपचार भइरहेको र दुवै स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : पुस १५, २०७२ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?