१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इरानद्वारा क्षेप्यास्त्र परीक्षण

बीबीसी

लन्डन — इरानी जलसेनाले अमेरिका युद्धक जहाज र अन्य व्यापारिक जलवाहन तैनाथ होर्मुज सामुद्रिक क्षेत्रमा गत साता क्षेयास्त्र परीक्षण गरेको छ ।

दुई देशबीच ऐतिहासिक आणविक सम्झौता भएलगत्तैको यो घटनाले द्विपक्षीय तनावलाई भड्काउने संकेत गरेको छ ।

अमेरिकी सैन्य प्रवक्ता काइले राइनेसका अनुसार इरानले दुई अमेरिकी जहाज र एउटा फ्रान्सेली फ्रिगेटबाट मात्रै १ हजार ३ सय ७० मिटरको दूरीमा विभिन्न ‘अनगाइडेड’ (कुनै निर्दिष्ट दिशा नभएका) रकेटहरू प्रहार गरेको हो ।

यो घटना ‘एकदमै उत्तेजक’ भएको राइनेसले बताए । ‘द स्ट्रेट अफ होर्मुज’ इरान र ओमानको बीचमा पर्ने साँघुरो जलमार्ग हो ।सामुद्रिक माध्यमबाट हुने तेल व्यापारको दुई तिहाइ यही मार्गबाट हुन्छ ।

आईएसविरुद्धको बहुद्देश्यीय लडाइँमा प्रयुक्त जहाजहरू पनि यही बाटोबाट ओहोरदोहोर गर्छन् ।

सन् २०१२ मा इरानले उक्त जलमार्ग बन्द गर्ने चेतावनी दिएको थियो । यो जलमार्ग खाडी क्षेत्रको मुखमै पर्छ । यसको सबैभन्दा सानो घाँटी नै ३३ किमि छ ।

इरानले शनिबार त्यहाँ शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको हो । इरानी अधिकारी र सञ्चारमाध्यमहरूले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
इरानी जहाजहरूले परीक्षण प्रहार गर्नु २३ मिनेटअघि मात्रै सामुद्रिक रेडियोमार्फत् त्यसबारे जानकारी प्रवाह गरेका थिए ।

‘ओहोरदोहोरोका अवस्थामा रहेका बहुपक्षीय सैन्य जहाज र व्यापारिक ट्राफिकको नजिक रहेर पनि यसरी हतियार प्रहार गरिनु असुरक्षित, अव्यावसायिक र अन्तर्राष्ट्रिय सामुद्रिक कानुनविपरीत हो,’ राइनेसले भने ।

प्रकाशित : पुस १६, २०७२ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?