१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यसपालि उग्र बन्दै अलनिनो

बीबीसी

वासिङ्टन — अमेरिका अन्तरिक्ष संस्था नासाले हाल चालू ‘अलनिनो’ मौसमको असर सन् १९९८ को जत्तिकै खराब हुन सक्ने चेतावनी दिएको छ । सन् १९९८ मा अलनिनोका कारण विश्वको मौसम प्रणालीमा खलबली मच्चिएर विभिन्न खाले अतिशयी मौसमी घटनाहरू भएका थिए ।

यसपालि उग्र बन्दै अलनिनो

अहिलेको अलनिनोलाई विभिन्न ठाउँमा आएका भीषण बाढी र उत्तरी धु्रवको अति गर्मी अवस्थासँग जोडिएको छ । मध्य प्रशान्त महासागरीय क्षेत्रको तातो पानी पूर्वतिर विस्तारित हुँदै उत्तर र दक्षिण अमेरिकातिर लाग्ने अवस्थालाई मौसम वैज्ञानिकहरूले अलनिनो भन्दै आएका छन् । यो हरेक २ देखि ७ वर्षमा हुने प्राकृतिक घटनाक्रम हो ।

अलनिनो वर्षको अन्ततिर मात्रै चरमोत्कर्षमा पुग्छ । जब कि यसको असरचाहिँ त्यसपछिको वसन्त ऋतु हुँदै १२ महिना कायम रहन्छ । ‘सन् १९९७ को डिसेम्बरदेखि यस्तै प्रवृत्ति देखिएको थियो । अहिले ठयाक्कै त्यही छ,’ नासाले भनेको छ, ‘यो भनेको एउटा शक्तिशाली अलनिनो हो ।’

यो वर्षको अलनिनोका कारण पछिल्लो ५ दशककै सबैभन्दा खराब बाढी पाराग्वे, अर्जेन्टिना, उरुग्वे र ब्राजिलमा देखा पर्‍यो । जसका कारण १ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् । अमेरिकाका मिसौरी राज्यमा मात्र बाढी र आँधीका कारण १३ जनाको मृत्यु भएको छ ।

बेलायतको उत्तरी भूभागमा आएको भीषण बाढीको एउटा कारण पनि अलनिनोलाई नै मानिएको छ ।

यसैगरी, युरोपका बहुधा भूभाग र अमेरिकामा अहिले औसतभन्दा निकै बढी तापक्रम महसुस गरिएको छ । फ्रान्समा क्रिसमसका बेला सन् १९९७ कै हाराहारीमा गर्मी महसुस भयो ।

यसैगरी मन्द हावापानीका कारण यसपटक किसानले बालीमा पनि असर भोग्नुपरेको छ ।

प्रकाशित : पुस १६, २०७२ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?