कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के चाओ एनलाई समलिंगी थिए ?

बीबीसी

हङकङ — सुन्दर र सहरिया छाँटका चाउ ऐनलाईले २५ वर्षभन्दा बढी समय मुलुकको पहिलो प्रधानमन्त्रीका रूपमा संसारभर चीनको आधुनिक र प्रगतिशील छवि प्रतिनिधित्व गरेका थिए । माओत्से तुङजस्तै उनी पनि कम्युनिस्ट पार्टीका विशाल व्यक्तित्व थिए ।

के चाओ एनलाई समलिंगी थिए ?

तर माओभन्दा विपरीत कुरा, उनले चीनको उथुलपुथुलपूर्ण कम्युनिस्टकालमा आफ्नो परिचयलाई चाहिँ ज्युँकात्युँ नै राखेका छन् ।

यसैबीच, हङकङमा प्रकाशित एउटा नयाँ पुस्तकले उनीसम्बन्धी एउटा विवादास्पद ‘गोप्यता’ सार्वजनिक गरेको छ । लेखिका सोई विङ मुईले आफ्नो पुस्तक ‘सेक्रेट इमोसनल लाई अफ चाउ ऐनलाई’ मा उनी समलिंगी भएको दाबी गरेकी छन् ।

उनले आफ्ना एक पारिवारिक मित्र ली फुचियाङप्रति जीवनभर प्रेम राखेको किताबमा दाबी गरिएको छ । ‘चाउ ऐनलाई एक दु:खी पात्र हुन्,’ लेखिकाले बीबीसीसँग भनिन्, ‘उनी निकै प्रसिद्ध थिए । मिडियाका प्रिय थिए । तर उनका जीवनका कतिपय कुरा जटिल छन्, व्याख्या गर्न कठिन छ ।’

चाउको यौनिक अभिमुखीकरणले उनको यो रहस्यमयी पक्षलाई व्याख्या गर्न सघाउने लेखिकाको विश्वास छ । उनकी पत्नी तेङ यिङचाओसँग सुमधुर सम्बन्ध थिएन ।

हङकङमा न्यु सेन्चुरी प्रेसले यो पुस्तक प्रकाशित गरेको हो । यही पुस्तक प्रकाशन गृहले पूर्वप्रधानमन्त्री झाओ चियाङको स्मृतिग्रन्थ प्रकाशित गरेको थियो । उदारवादी प्रधानमन्त्री झाओलाई सन् १९८९ को तियानमेन प्रकरणपछि लखेटिएको थियो ।
 
लेखिकाले आफ्नो पुस्तक पनि चीनमा प्रतिबन्धित हुने ठानेकी छन् ।

प्रकाशित : पुस १६, २०७२ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?