कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्षतिपूर्ति सम्झौताविरुद्ध पूर्व यौनदासीहरू

एजेन्सी

सोल — दक्षिण कोरियाली महिलाले हालै जापान र दक्षिण कोरियाबीच भएको सहमतिप्रति विरोध गरेका छन् ।

क्षतिपूर्ति सम्झौताविरुद्ध पूर्व यौनदासीहरू

हालै मात्र दक्षिण कोरिया र जापानले दोस्रो विश्वयुद्धका समयमा जापानी सेनाबाट दक्षिण कोरियाली महिलामाथि भएको ज्यादतीको सम्बोधन गर्ने क्रममा क्षतिपूर्तिसहितको प्याकेज घोषणा गरेका हुन् ।

दोस्रो विश्वयुद्धताका जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदासी बनाएको आरोप दक्षिण कोरियाले लगाउँदै आएको छ ।

यस विषयमा अन्तत: जापानले माफी माग्दै उक्त गल्तीबापत क्षतिपूर्ति भर्न ‘कम्फर्ट वुमन’ नामक सम्झौता गरेको हो । सम्झौताबमोजिम हाल दक्षिण कोरियामा जीवितै रहेका ती पीडित महिलालाई क्षतिपूर्ति दिइनेछ । जसअनुसार जापानले दक्षिण कोरियाली पीडित महिलाका लागि एक अर्ब जापानी येन बराबरको रकम उपलब्ध गराउनेछ । तर ती जीवित पीडित महिला र उनीहरूका सयौंजना समर्थकले सम्झौताको विरोध गरेका छन् ।
 
उनीहरूले उक्त सम्झौता गर्ने आफ्नै सरकार र जापान सरकारविरुद्ध बुधबार राजधानी सोलमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले उक्त सम्झौताबाट आफ्नो अपमान भएको बताएका छन् । उनीहरूले जापानी सेनाको ज्यादतीविरुद्ध संघर्ष गरिरहने बताएका छन् ।

करिब २ सय ५० महिलाले सोलस्थित जापानी दूतावास भवन अगाडि प्रदर्शन गरेका थिए । युद्धका समयमा पीडित बनेकी एक महिला ली योङ सुले भनिन्, ‘हाम्रो संघर्ष जारी नै छ, हामीले न्याय नपाउँदासम्म संघर्ष त्याग्दैनौं ।’

प्रकाशित : पुस १६, २०७२ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?