१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उत्तरको भूउपग्रह पृथ्वी कक्षमा : दक्षिण कोरिया

बीबीसी

सोल — उत्तर कोरियाले अन्तरिक्षमा पठाएको भूउपग्रह पृथ्वीकक्षमा रहेको तर यसले काम गरे वा नगरेको भन्नचाहिँ प्रष्ट नभएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

उत्तरको भूउपग्रह पृथ्वी कक्षमा : दक्षिण कोरिया

उत्तरले क्वाङमियोङसोङ–४ एउटा सञ्चार भूउपग्रह भएको दाबी गर्दै आएको छ । आइतबार गरिएको यसको प्रक्षेपण पूर्ण सफलसमेत भयो । तर उत्तर कुनै पनि खाले ब्यालिस्टिक मिसाइल प्रविधि गर्न राष्ट्रसंघद्वारा प्रतिबन्धित रहेकाले यस कार्यको अन्तर्राष्ट्रिय रूपमा व्यापक आलोचित भयो । राष्ट्रसंघले सजायबापत उत्तर कोरियामाथि नाकाबन्दी थप्ने बताइसकेको छ ।

अमेरिकाले उत्तर कोरियालाई थप एक्ल्याउने गरी आर्थिक नाकाबन्दीहरू लगाउने बताएको छ । त्यसबाट दक्षिणलाई चाँडोभन्दा चाँडो थप परिष्कृत मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने अमेरिकी भनाइ छ ।

दक्षिणको विदेश मन्त्रालयका अनुसार यो प्रक्षेपणबाट उत्तरसँग १२ हजार किमि दूरीको निसाना लगाउन सक्ने मिसाइलहरू रहेको पुष्टि भएको छ । तर मिसाइललाई फेरि वायुमण्डलमा पुन: प्रवेश गराउने प्रविधि उत्तरले विकास गरे नगरेको प्रष्ट छैन । मिसाइललाई हतियारका रूपमा प्रयोग गर्न यो प्रविधि जरुरी छ । उत्तरले आफ्नो अन्तरिक्ष कार्यक्रम वैज्ञानिक तवरको मात्र रहेको दाबी गरेको छ ।

तर दक्षिण कोरिया र प्योयाङको निकट मित्र चीनले समेत रकेट प्रक्षेपणको उद्देश्य अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको विकास गर्नुरहेको भनेका छन् । गत महिना मात्र प्योङयाङले आफ्नो चौंथो आणविक परीक्षण सम्पन्न गरेको थियो ।

यसैबीच, अमेरिकाले दक्षिण कोरियालाई उच्च स्तरीय मिसाइल प्रतिरक्षा प्रणाली शीघ्र विकासका लागि सहयोग गर्ने भएको छ । पेन्टागनका अधिकारीहरूका अनुसार आइतबार उत्तरले गरेको मिसाइल प्रक्षेपणबाट दक्षिणमाथि बढेको खतरालाई सामना गर्न उक्त प्रणालीले सहयोग गर्नेछ ।

उत्तरले भूउपग्रह प्रविष्ट गर्न रकेट पठाएको भने पनि आलोचकहरू त्यसलाई मान्न तयार छैनन् । उनीहरू हतियाररूपी लामो दूरीको मिसाइल परीक्षणका लागि उक्त प्रक्षेपणलाई आवरणका रूपमा प्रयोग गरेको दाबी गर्छन् ।

यसैबीच, अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली सीमामा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) स्थापना गर्न चाँडै औपचारिक संवाद सुरु गर्ने जनाएका छन् ।

प्रकाशित : माघ २७, २०७२ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?