३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सोनिया, राहुल र मनमोहनलाई गिरफ्तार गरी छोडियो

एजेन्सी

नयाँ दिल्ली — भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतलाई भारतीय प्रहरीले गिरफ्तार गरी केही मिनेटमै छोडेको छ ।

सोनिया, राहुल र मनमोहनलाई गिरफ्तार गरी छोडियो



भारतको राजनीति, अध्ययन संस्थान र अन्य सामाजिक क्षेत्रमा भाजपा गठबन्धनले ‘आक्रमण’ गरेको भन्दै यसको विरोधमा कांग्रेसले निकालेको र्‍यालीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘सेभ डेमोक्रेसी’को नारामा जन्तरमन्तरबाट निस्किएको र्‍याली संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले अवरोध गरेको थियो । उनीहरुलाई पक्राउ गरेर १५ मिनेटमा छोडिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : वैशाख २४, २०७३ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?