कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीपीपीबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशसँगको व्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) बाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन् । टीपीपीबाट बाहिरिने विषय ट्रम्पको एक प्रमुख चुनावी एजेन्डा थियो ।

टीपीपीबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

टीपीपी पूर्वराष्ट्रपति बराक ओबामाको एसिया नीतिको प्रमुख हिस्सा मानिएको थियो । यसमा १२ देशले हस्ताक्षर गरेका थिए । राष्ट्रपति पदको चुनावी अभियानका क्रममा ट्रम्पले टीपीपीलाई एक ‘सम्भावित संकट’ भन्दै यसबाट अमेरिकामा उत्पादन क्षेत्रमाथि नोक्सानी भएको बताएका थिए ।

टीपीपीमा सामेल १२ देशले विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्छन् । यसमा अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, क्यानाडा, चिली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, पेरु, सिंगापुर र भियतनाम छन् । ट्रम्पले कारखाना विदेशमा रहेका कम्पनीलाई भारी मात्रामा सीमा कर लगाउने घोषणा पनि गरेका छन् ।

प्रकाशित : माघ १२, २०७३ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?