ट्रम्पलाई अदालतको तर्फबाट झट्का– भ्रमणमा रोक नलगाउन आदेश

पुनरावेदनले पनि गर्‍यो तल्लो अदालतको निर्णय सदर
बीबीसी

वासिङटन — अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन जारी गरेको कार्यकारी आदेशलाई कार्यान्वयन नगर्न अदालतले दिएको आदेशलाई नै सदर गरेको छ ।

ट्रम्पलाई अदालतको तर्फबाट झट्का– भ्रमणमा रोक नलगाउन आदेश



गत शुक्रबार संघीय अदालतका न्यायाधीशले ट्राभल ब्यानमा लगाएको रोक तत्काल कार्यान्वयन नगर्न आदेश दिएका थिए । उक्त आदेश विरुद्ध ह्वाइट हाउस पुनरावेदन अदालतलाई गुहार्न पुगेको थियो । पुनरावेदन अदालतले यो मुद्दाको पूर्ण सुनुवाई नभएसम्मका लागि कार्यकारी आदेशलाई कार्यान्वयन नगर्न तल्लो अदालतको दिएको आदेशलाई नै सदर गर्दै थप बहसका लागि अदालतमा उपस्थित हुन ह्वाइट हाउसलाई आदेश दिएको छ ।

अमेरिकाका दुई राज्य वासिङटन र मिनिसोटाले ट्रम्पको कार्यकारी आदेश गैरसंवैधानिक भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । ह्वाइट हाउसको तर्फबाट बहस गर्दै महान्यायधिवक्ता कार्यालयका अधिवक्ताहरुले कुनै पनि राज्य राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध जान नसक्ने दाबी गरेका थिए ।

राज्यका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले भने अमेरिकाको भिसा प्राप्त गरिसकेकाहरुलाई कुनै पनि स्थितिमा प्रवेशमा रोक लगाउन नहुने तर्क प्रस्तुत गरेका थिए । यस्तै उक्त आदेशले धर्म विशेषलाई मात्र लक्षित गरेकोले पनि उक्त आदेश गलत भएको दाबी उनीहरुको थियो ।

प्रकाशित : माघ २३, २०७३ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?