ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्न सेना पठाइयो

रियो डि जानेरो — ब्राजिलमा सम्भाव्य प्रहरी हडताल तथा विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई खटाइएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्न सेना पठाइयो

खटाइएका सैनिक जवानहरुले रियो डि जानेरोसहित आसपासका नितेरोइ, साओ गोन्कालो लगायतका नगरमा अहोरात्र गस्ती गर्ने समेत गरिरहेको एक पत्रकार सम्मेलनमा रक्षा मन्त्री राउल जङ्गम्यानले बताए ।

ती सैनिकहरुलाई २२ फेब्रुअरीसम्मका लागि भनी खटाइए तापनि ब्राजिलको ठूलो पर्व कार्निभल फेस्टिभलू समाप्त हुने अवधिसम्म सम्भवतः लम्बिन सक्ने पनि रक्षा मन्त्री जङ्गम्यानले बताए । साथै, कोपाकाबाना र इपानेमाजस्ता पर्यटकीयस्थल लगायत रियो डि जानेरोका सबैजसो प्रमुख राजमार्गहरुमा पनि सेनाले गस्ती गर्नेछ ।

सरकारले तलब भत्ता रोक्का गरेको बिरोध, हाल गर्नु परेको कडा परिश्रमको बिरोध र आफ्नो बृत्ति बिकासको माग गर्दै ब्राजिलमा जनपद प्रहरी तथा सशस्त्र प्रहरी सेवाका जवानहरुले ड्युटिमा नजाने, ब्यारेकबाटै बाहिर ननिस्कने जस्ता अवज्ञा अभियान चलाई घुमाउरो पाराको हडतालमा उत्रेका छन् ।

यस्तो अवज्ञा अभियानले देशकै दोस्रो ठूलो महानगर रियो डि जानेरोमा सार्वजनिक सुरक्षाको स्थितिमा हाहाकार परेकाले सुरक्षाको स्थिति यथावत रुपमा मजबूत पार्न रियो राज्यका गभर्नर लुइस फर्नान्डो पेजाओले ब्राजिलका राष्ट्रपति माइकल टेमरसँग गुहार माग्नु भएपछि राष्ट्रपतिको आदेशमा सैनिक जवानलाई सार्वजनिक सुरक्षामा खटाइएको जनाइएको छ ।

त्यस्तै, आवश्यक परेमा जन,धनको रक्षा, देशको शान्ति, सुरक्षा एवं राष्ट्रिय ऐन कानूनको परिपालन गर्न, गराउन सेना तम्तयार भै बसेको पनि राष्ट्रपति कार्यालयबाट प्रकाशित एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित : फाल्गुन ४, २०७३ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?