कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रत्यक्ष प्रसारणमै दुई पत्रकारको हत्या

बीबीसी

सान्तो दोमिन्गो — क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा रेडियोको प्रत्यक्ष प्रसारणका क्रममा दुई पत्रकारको गोली हानी हत्या गरिएको छ । मारिनेमा रेडियो प्रस्तोता लुइस म्यानुअल मेडियना र निर्माता लियो मार्टिनेज छन् । तीमध्ये एक पत्रकार उक्त कार्यक्रम फेसबुक लाइभका लागि रेकर्ड गरिरहेका थिए । गोली प्रहारमा एक महिला घाइते भएकी छन् ।

क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा रेडियोको प्रत्यक्ष प्रसारणका क्रममा दुई पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मारिनेमा रेडियो प्रस्तोता लुइस म्यानुअल मेडियना र निर्माता लियो मार्टिनेज छन् । तीमध्ये एक पत्रकार उक्त कार्यक्रम फेसबुक लाइभका लागि रेकर्ड गरिरहेका थिए । गोली प्रहारमा एक महिला घाइते भएकी छन् । घटनापछि सार्वजनिक एक फुटेजका अनुसार प्रत्यक्ष प्रसारणका क्रममा अचानक गोली चलेपछि हड्बडाएकी एक महिला ‘गोली चल्यो’ भन्दै चिच्याएकी देखिन्छिन् । घटना राजधानी सान्तो दोमिन्गोको पूर्वी क्षेत्रमा भएको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२०१५ को अगस्टमा पनि अमेरिकाको भर्जिनियामा पनि दुई पत्रकारको लाइभ टीभी प्रसारणका क्रममा हत्या गरिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?