कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘किमको हत्या उत्तरकै एजेन्टबाट’

एजेन्सी

क्‍वालालम्पुर — उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाइको हत्या उत्तर कोरियाकै एजेन्टले गरेको दाबी दक्षिण कोरियाका अधिकारीहरूले गरेका छन् । मलेसियाको क्वालालम्पुर विमानस्थलमा मकाउको उडान पर्खिरहेका बेला सोमबार उनको हत्या गरिएको हो ।

 ‘किमको हत्या उत्तरकै एजेन्टबाट’

दक्षिण कोरियाका सांसद किम बायुङ–कीले त्यहाँको गुप्तचर निकायलाई उद्धृत गर्दै जनाएअनुसार उत्तर कोरियाली एजेन्ट दुई महिलाले उनको हत्या गरेका हुन् । गुप्तचर निकायका अनुसार यसअघि २०१२ मा पनि किमको हत्या प्रयास भएको थियो । 

किम बेइजिङको संरक्षणमा मकाउमा बस्दै आएको पनि दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ । किमले सार्वजनिक रूपमै आफ्नो पारिवारिक सत्ता विरासतको नियन्त्रणविरुद्ध बोल्दै आएका थिए । उनी उत्तर कोरियाली नेता किम जोङ इलका जेठा छोरा हुन् । सन् २०१२ मा उनको बारेमा पुस्तक लेखेका जापानी पत्रकार योजी गोमीका अनुसार दक्षिण कोरियाली गुप्तचर निकायले उनी हत्याको निसानामा रहेको बताएपछि उनको मिडियामा उपस्थिति बढेको थियो । उनले उत्तर कोरियाली नेताका रूपमा आफ्ना कान्छा भाइ असफल हुने बताउँथे । 

यसैबीच, हत्या अभियोगमा मलेसियामा एक महिला पक्राउ परेकी छन् । क्वालालम्पुरस्थित विमानस्थलबाट ती महिलालाई पक्राउ गरिएको हो । ती महिलाले किमलाई विषालु सुईले आक्रमण गरेको आशंका गरिएको छ । महिलाका साथमा भियतनामी कागजात भेटिएको छ । मलेसियाले भने मारिएका व्यक्ति किम जोङ नाम नै हुन् भनेर आधिकारिक पुष्टि गरेको छैन । उनी किम चोल नाम परिचयका साथ यात्रा गरिरहेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?