सिरिया, यमन र अफगानिस्तानको आक्रमणमा ४६ जनाको मृत्यु

एएफपी/सिन्ह्वा

बेरुत, साना, काबुल — सिरिया, यमन र अफगानिस्तानको विभिन्न ठाउँमा भएको आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आईएस) आबद्ध टर्कीका आक्रमणकारीले बम प्रहार गर्दा सिरियामा २४ जनाको मृत्यु भएको छ ।

सिरिया, यमन र अफगानिस्तानको आक्रमणमा ४६ जनाको मृत्यु

अनुगमनकर्ताहरूले मारिएका सबै नागरिक भएको बताए पनि टर्कीको सेनाले भने मारिएका सबै आतंककारी भएको दाबी गरेको छ ।

यस्तै यमनको राजधानीनजिकै एक अन्त्येष्टि कार्यक्रममा बुधबार राति भएको हवाई आक्रमणमा ९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक बालिका र ८ महिला छन् । राष्ट्र संघका अनुसार दुई वर्षयता यमनमा जारी द्वन्द्वमा परी ७ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको विशेष सुरक्षा कारबाहीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । जलालाबादमा भएको कारबाहीमा उनीहरूको ज्यान गएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

 

प्रकाशित : फाल्गुन ६, २०७३ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?