३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भ्रष्टाचार काण्डमा सामसङ प्रमुख पक्राउ

एजेन्सी

सिओल (दक्षिण कोरिया) — सामसङ ग्रुपका प्रमुख ली जे योङलाई दक्षिण कोरियाली प्रहरीले पक्राउ गरेको छ । उनीमाथि राष्ट्रपति पार्क हेइकी एक सहयोगीको संस्थालाई पैसा दिएर फाइदा लिएको आरोप छ । यही काण्डका कारण राष्ट्रपतिमाथि महाअभियोगको प्रक्रिया जारी छ ।

भ्रष्टाचार काण्डमा सामसङ प्रमुख पक्राउ

राष्ट्रपति हेइ अहिले निलम्बित छिन् । 

राष्ट्रपतिकी सहयोगी चोइ सुन सिलको एक गैरनाफामूलक संस्थालाई सामसङसहितका विभिन्न कम्पनीले पैसा दिएको र त्यसबापत सरकारबाट फाइदा लिएको आरोप छ । 
ली र सामसङ ग्रुपले पैसा दिएको स्वीकारे पनि कुनै फाइदा नलिएको भन्दै आएका छन् । 

गत महिना सामसङका कार्यकारी प्रमुख लीलाई सरकारी अधिकारीहरुले बयान लिएर रिहा गरेका थिए । गत साता पनि उनीसँग बयान लिइएको थियो ।

यो पनि पढ्नुहोस् : सामसङ साम्राज्य कतिन्जेल ?

नयाँ तथ्यहरुको आधारमा शुक्रबार अदालतले लीलाई हिरासतमा राख्नुपर्ने आदेश सुनाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अदालतले प्रहरीलाई लीमाथि मुद्दा दायर गर्न २० दिनको समय दिएको छ । ली आफ्ना बुवा ली कुन हेको सट्टामा कार्यकारी भएर सामसङ ग्रुपको नेतृत्व गरिरहेका छन् ।

सामसङ ग्रुपअन्तर्गत ६० बढी कम्पनीहरु छन् र तिमध्ये केही विश्वकै ठूला कम्पनीमा गनिन्छन् । मोबाइल उत्पादनबाहेक सामसङको विज्ञापन एजेन्सी, जीवन बिमा, पानीजहाज निर्माण, ठेक्कापट्टाको काम गर्ने कम्पनी छ ।

सामसङले दक्षिण कोरियाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्छ । सामसङ ग्रुपमाथि यसअघि पनि विभिन्न आर्थिक अपचलनको आरोप लागिसकेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?