कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४६ न्यायाधिवक्ताको राजीनामा माग

न्युयोर्क टाइम्स

वासिङ्टन — डोनाल्ड ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा नियुक्त गरिएका ४६ न्यायाधिवक्ताको राजीनामा मागेको छ । राजीनामा माग गरिएकामा म्यानहाटनका न्यायाधिवक्ता प्रित भारारासहित छन् । उनी भारतीय मूलका हुन् ।

शुक्रबार कार्यवाहक महान्याधिवक्ता डाना बोयन्टेले न्यायाधिवक्ता भारारालाई बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए । शुक्रबार साँझसम्ममा केही न्यायाधिवक्ताले राजीनामाको घोषणा गरिसकेका छन् भने भाराराले भने राजीनामा दिएका छैनन् । उनका प्रवक्ताले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । भाराराले गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेका ट्रम्पलाई भेटेका थिए । भेटपछि प्रतिक्रिया दिँदै उनले ट्रम्प र महान्यायाधिवक्ता जेफ सेसनले आफूलाई पदमै रहन आग्रह गरेको बताएका थिए । भ्रष्टाचारका मुद्दाका लागि उनी ख्यातिप्राप्त व्यक्ति हुन् ।

कानुन मन्त्रालयकी प्रवक्ता सराह इस्गुर फ्लोरेसले अघिल्लो राष्ट्रपतिबाट नियुक्त गरिएका ४६ न्यायाधिवक्तालाई राजीनामा दिन आग्रह गरिएको बताइन् । ओबामा प्रशासनद्वारा नियुक्त गरिएका ९३ न्यायाधिवक्तामध्ये अन्यले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

फ्लोरेसले यसअघिका राष्ट्रपतिले पनि सुरुमै न्यायाधिवक्तालाई राजीनामा दिन आग्रह गर्ने गरेको बताइन् ।

प्रकाशित : फाल्गुन २९, २०७३ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?