कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले उत्तर पूर्वी अमेरिका ठप्प

दिनेशजंग शाह

न्युयोर्क — हिमपात र असिनासहितको हुरीले न्युयोर्क लगायत उत्तर पूर्वी अमेरिकी क्षेत्र प्रभावित बनेको छ । स्थानीय समय अनुसार मंगलबार बिहानैदेखि सुरु हिमपात, असिनापानी एवं हुरीबतासले जनजिवन अस्तव्यस्त भएको छ । राष्ट्रिय मौसम केन्द्रकाअनुसार मंगलबार बिहान आठ ईन्चसम्मको हिमपात भईसकेको छ भने हिमपात संगै असिना र हुरी बतासले स्थिती कष्टकर बनेको छ । न्युयोर्कमा बीस ईन्च सम्मको हिमपात हुने बताइएको छ ।

हिमपातले उत्तर पूर्वी अमेरिका ठप्प

हिमपात र असिनासहितको हुरीले न्युयोर्क लगायत उत्तर पूर्वी अमेरिकी क्षेत्र प्रभावित बनेको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहानैदेखि सुरु हिमपात, असिनापानी एवं हुरीबतासले जनजिवन अस्तव्यस्त भएको छ । राष्ट्रिय मौसम केन्द्रकाअनुसार मंगलबार बिहान आठ ईन्चसम्मको हिमपात भईसकेको छ भने हिमपात संगै असिना र हुरी बतासले स्थिती कष्टकर बनेको छ । न्युयोर्कमा बीस ईन्च सम्मको हिमपात हुने बताइएको छ ।

हिमपातले न्यू ईङल्याण्ड अर्थात बोष्टन, न्युहम्यसायर, ब्रमान्ड क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछ । मौसम विभागले मंगलबार साँझ सम्म १८ देखि २४ ईन्चसम्म हिमपात हुनेछ ।

विभिन्न राज्यहरुले संकटकाल घोषणा गरेका छन् भने शैक्षिक संस्थाहरु बन्द गर्न सूचना सोमबार नै प्रेषित गरिएको थियो । न्युयोर्क शहरको ‘सिटी गर्भमेन्ट’का अनुसार शहरमा हिजो रातिदेखि नै आपतकालीन व्यवस्था गरिएको थियो । सातसयभन्दा बढी नुन छर्ने एवं सोह्र सय हिम खोस्रने गाडी सडकमा तैनाथ गरिएको छ ।

सार्वजनिक यायायात व्यवस्था बन्द गरिएको छ भने आवश्यक खाद्यन्न संचय गर्न राज्य सरकारले अनुरोध गरेको छ ।

अर्काेतर्फ हिमपात एवं हुरी बतासकाकारण अमेरिकाका पाँचहजार आन्तरिक उडान स्थगित गरिएको छ । हवाईट हाउसले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जिला मर्केल बीचको भटवार्ता समेत रद्द भएको उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १, २०७३ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?