कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उत्तर कोरियाविरुद्ध आक्रमण गर्नसक्ने अमेरिकी चेतावनी

एजेन्सी

सियोल (दक्षिण कोरिया) — दक्षिण कोरियामा रहेका अमेरिकी विदेश मन्त्री रेक्स टिल्लरसनले उत्तर कोरियाले आणविक हतियारको धम्की दिइरहे सैनिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाविरुद्ध आक्रमण गर्नसक्ने अमेरिकी चेतावनी

नयाँ वर्षको बेलामा उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासम्म पुग्ने आणविक क्षेप्यास्त्र बनाउन अन्तिम तयारी गरिरहेको बताएका थिए ।

‘प्रष्टरुपमा भन्दा धैर्यता टुटिसकेको छ’, सिओलमा भएको पत्रकार सम्मेलनमा टिल्लरसनले भने । उनले ओबामा प्रशासनले उत्तर कोरियालाई मौका दिएर पर्खिएको प्रसंग उल्लेख गर्दै अब धेर्य गर्न नसकिने बताएका हुन् ।

‘हामी सैनिक आक्रमण चाहँदैनौं’, उनले भने, ‘तर, हामीलाई आक्रमण गर्न बाध्य पार्ने गरी उनीहरु धम्क्याइरहन्छन् भने त्यो विकल्पको लागि हामी तयार छौं ।’

 

प्रकाशित : चैत्र ४, २०७३ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?