विस्फोटमा सरकार जिम्मेवार : अदालत

बीबीसी

टोकियो — सन् २०११ मा जापानको फुकुसिमामा भएको आणविक भट्टी विस्फोटमा जापान सरकारलाई त्यहाँको अदालतले दोषी ठहर्‍याएको छ । सरकारी नियमनकारी निकायहरूले समयमै टेप्को इलेक्ट्रिक पावर कम्पनीलाई सुरक्षाका बारेमा सचेत गराएको भए उक्त घटना नघट्ने अदालतले जनाएको छ ।

अदालतले सरकार र कम्पनी दुवैले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । ६ वर्षअगाडि भएको उक्त आणविक दुर्घटनाका कारण ८० हजार मानिस आफ्नो घर छाड्न बाध्य भएका थिए । यो विस्फोट सन् १९८६ मा युक्रेनको चेर्नाेबिलमा भएको आणविक विस्फोटपछिको सबैभन्दा ठूलो आणविक विस्फोट थियो ।

प्रकाशित : चैत्र ५, २०७३ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?