कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अपहरित १९५ छात्राको उद्धार गर्न आग्रह

बीबीसी

लागोस — नाइजेरियाको आतंकवादी समूह बोको हरामको कब्जाबाट भागेकी एउटी छात्राले अपहरणमा रहेका १९५ छात्रालाई छुटाउन पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् । नाइजेरियाको आतंकवादी समूह बोको हरामले सन् २०१४ मा चिबोक सहरको एउटा विद्यालयबाट २७० भन्दाबढी छात्राको अपहरण गरेको थियो ।

अपहरित १९५ छात्राको उद्धार गर्न आग्रह

दुबईमा भएको शिक्षा सम्मेलनमा नाम परिवर्तन गर्दै उक्त छात्राले भनिन्, ‘यी छात्राहरू पनि मानिस नै हुन्, त्यसैले हामीले उनीहरूलाई बिर्सन सक्दैनौं ।’ ३ वर्षअघि भएको उक्त अपहरणले विश्वको ध्यान खिचेको थियो ।

तीन वर्ष बितिसक्दा पनि बोको हरामले ती छात्राहरूलाई मुक्त गरेको छैन । अपहरण मुक्त छात्राले आफ्ना स्कुले साथीहरूलाई छुटाउन विश्वले पहल गर्नुपर्ने बताइन् । ‘यदि तपाईंकी छोरी वा श्रीमती हराइरहेको भए तपाईँ कस्तो महसुस गर्नुहुन्छ ? त्यो पनि एक दिन होइन, दुई दिन होइन, तीन–तीन वर्षसम्म, यो एकदमै दु:खको कुरा हो,’ उनले उक्त सम्मेलनमा बताइन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?