१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतीय सद्दाम हुसेन : जसले नामकै कारण जागिर पाएनन्

पढाईमा अब्बल भए पनि ४० भन्दा बढी कम्पनीबाट अस्वीकृत
एजेन्सी

नयाँ दिल्ली — सद्दाम हुसेन नाम भएकै कारण आफूलाई ४० भन्दा धेरै कम्पनीले जागिरको लागि अस्वीकृत गरेको भन्दै एक भारतीय म्यारिन (सामुद्रिक) ईन्जिनियर परिचय फेर्न अदालतको शरण पुगेका छन् ।

भारतीय सद्दाम हुसेन : जसले नामकै कारण जागिर पाएनन्

झारखण्डका उनले २ वर्षअघि तामिल नाडूको नोरुल इस्लाम विश्वबिद्यालयबाट म्यारिन ईन्जिनियरिङ सकाएका थिए । सद्दाम भन्छन्–मैले मेरो नामकै कारण जागिर पाइनँ । नाम इराकका पूर्व शासक सद्दाम हुसेनसँग मिलेकै कारण ४० भन्दा बढी कम्पनीमा दिएको अन्तर्वार्ता असफल भएको उनको अनुभव छ ।

‘कम्पनीहरु मलाई जागिरमा राख्न डराउँछन्’, सद्दाम आफ्नो नामप्रति पश्चाताम गर्छन् । उनी २०१४ को ब्याचका दोस्रो टपर पनि हुन् । उनीसँग पास गरेका सबै साथीहरुले जागिर पाइसकेका छन् ।

पढाई सकाएर सुरुवाती ६ महिना उनले आफूले किन जागिर नपाएको हो पत्तो पाउन सकेनन् । ‘त्यसपछि मैले जागिरको लागि आवेदन दिएको कम्पनीका मानव संशाधन विभागमा सम्पर्क गरें । तीमध्ये केहीले भने मेरो नामका कारण जागिर नपाएको बताए’, उनी भन्छन् ।

उनी म्यारिन ईन्जिनियर हुन् । उनले समुद्री जहाज कम्पनीमा काम पाउँनुपर्ने हुन्छ । र, यो कामको प्रकृति पनि एक भन्दा बढी देशमा गइरहनुपर्ने खालको हुन्छ ।

दिल्लीमा रहेको टिमलिस सर्भिस नामक रोजगारी प्रदायक संस्थाका उच्च तहमा का मगर्ने एक अधिकारी पनि सद्दामले नामकै कारण जागिर नपाएको स्वीकार्छन् । ‘शाहरुख खानलाई त नामकै कारण अमेरिकाले भिसा दिंदैन्’, उनी भन्छन्,‘सद्दाम को हुन् र ?’

उनले यस्ता नामका मानिसलाई एक देशबाट अर्को देश जाने बेलामा समस्या भइरहने भएकाले पनि कम्पनीहरुले जागिरमा नराखेको हुनसक्ने अनुमान गर्छन् ।

आफ्नो नामका कारण समस्या सिर्जना भएको भन्दै सद्दामले कानुनी रुपमा आफ्नो नाम साजिदमा परिवर्तन गरेका छन् । र, सोहीअनुसार पासपोर्ट, मतदाता परिचय पत्र, चालक अनुमति पत्र समेत बनाएका छन् ।

तै पनि उनको समस्या समाधान भएको छैन ।

किनकी उनले जागिरको लागि आवेदन दिंदा शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ जसमा उनको नाम सद्दाम हुसेन नै छ । उनको विश्वबिद्यालयले उनलाई नयाँ नाममा प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

यसको लागि उनले आफ्नो कक्षा १० र १२ पास भएको सर्टिफिकेटसमेत नयाँ नाममा बनाउनुपर्ने हुन्छ । उनले कक्षा १० पास गरेको सर्टिफिकेट नयाँ नाममा लिन सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशनमा निवेदन त दिएका छन् तर उनले नयाँ नाममा सर्टिफिकेट पाउछन् कि पाउँदैनन् टुंगो लागिसकेको छैन् ।

हैरानीबाट दिक्क भएका सद्दामले माध्यमिक तह पास गरेको सर्टिफिकेट नयाँ नाममा लिन अदालतको ढोका चहार्नुपरेको छ । र, अदालतमा उनको रिट छलफलको क्रममै छ ।

आफ्नो हजुरबुवाले राखिएको सद्दाम नामप्रति उनलाई प्रेम छ तर यही नामकै कारण जागिर नपाएको कारणले भने उनी हैरान छ । आफूसँग पढाई पूरा गरेका सबै साथीहरुले राम्रो जागिर पाए पनि आफू भने बेकार बस्नुपरेकोमा उनी दु:खी छन् ।

‘अरु कसैले गरेको गल्तीको शिकार भएको छु म’, उनी भन्छन् ।

प्रकाशित : चैत्र ६, २०७३ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?