कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ब्रेक्जिट प्रक्रिया अर्काे सातादेखि

बीबीसी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले मार्च २९ मा युरोपेली युनियनलाई पत्र लेखेर ब्रेक्जिटबारे आधिकारिक जानकारी दिने भएकी छन् ।

बेलायतमा ईयू छाड्ने वा नछाड्ने भन्ने विषयमा ९ महिनाअघि जनमत संग्रह गरिएको थियो । ईयू छाड्ने पक्षमा ५२ र नछाड्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो ।

ईयूका प्रवक्ताले ईयू बेलायतको पत्रका लागि तयार रहेको र पर्खिरहेको जनाएका छन् । आर्टिकल ५० मा व्यवस्था भएअनुसार आधिकारिक रूपमा ईयूलाई औपचारिक जानकारी नदिएसम्म ब्रेक्जिट प्रक्रिया अगाडि बढाउन मिल्दैन । सन् २०१९ को मार्चसम्म ब्रेक्जिट प्रक्रियाले पूर्णता पाउने आशा गरिएको छ ।

ईयूका लागि बेलायती राजदूत टिम ब्यारोले सोमबार ईयूका अध्यक्ष डोनाल्ड टस्कलाई भेटेर प्रधानमन्त्रीको पत्रबारे जानकारी दिएका हुन् । यही हप्ता ईयूले आफ्नो स्थापनाको ६० औं वर्षगाँठ मनाउन गइरहेको छ ।

६० वर्षअघि इटालीको रोममा रोम सन्धिमार्फत युरोपेली युनियनको स्थापना भएको थियो । युरोपका नेता वर्षगाँठ समारोहमा समावेश हुन अर्काे हप्ता रोममा भेला भए पनि बेलायती प्रधानमन्त्री मे भने कार्यक्रममा उपस्थित हुने छैनन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?