कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेल्फी खिच्ने साथीलाई बचाउँदा भारतमा ४ युवकको ज्यान गयो

एजेन्सी

रेलको ढोकामा अडिएर सेल्फी खिच्न खोज्ने साथी चिप्लिंएर झरेपछि बचाउन खोज्ने चार युवकको निधनभ एको छ । भारतको बंगालमा बिहीबार भएको घटनामा मृत्यु हुने चारै जना २५ देखि ३० वर्षका छन् ।

सेल्फी खिच्ने साथीलाई बचाउँदा भारतमा ४ युवकको ज्यान गयो

 

प्रहरीका अनुसार तेरकनाथ माकल नामक युवकले रेलको ढोकामा उभिएर सेल्फी खिच्न खोज्ने क्रममा चिप्लिएका थिए । तत्काल उनलाई बचाउन चारै जना रेलबाट हाम्फालेका थिए । तर, विपरीत दिशाबाट आएको अर्को रेलले उनीहरुको ज्यान लग्यो । 

मृत्यु हुनेमा सुमीत कुमार, सञ्जीव पोले, काजल साह र चन्दल पोले रहेको प्रहरीले जनाएको छ । माकल भने अस्पतालमा उपचाररहत छन् । उनको अवस्था गम्भीर छ । 

पाँचजना एक मन्दिरमा पूजा गरी फर्किएका थिए ।

प्रकाशित : वैशाख १, २०७४ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?