कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टर्कीको जनमत संग्रह : कार्यकारी राष्ट्रपतिको पक्षधर विजयी

बीबीसी/सीएनएन

इस्तानबुल — टर्कीमा आइतबार भएको जनमत संग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने पक्षमा जनमत आएको छ । संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तन हुने गरी संशोधन गर्न सक्ने अधिकार राष्ट्रपतिलाई दिइन ‘हुन्छ’ या ‘हुँदैन’ भन्ने विषयमा भएको जनमत संग्रहमा ‘हुन्छ’ भन्ने पक्षमा ५१.४ प्रतिशत मत खसेको हो ।

टर्कीको जनमत संग्रह : कार्यकारी राष्ट्रपतिको पक्षधर विजयी

टर्कीमा आइतबार भएको जनमत संग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने पक्षमा जनमत आएको छ ।

संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तन हुने गरी संशोधन गर्न सक्ने अधिकार राष्ट्रपतिलाई दिइन ‘हुन्छ’ या ‘हुँदैन’ भन्ने विषयमा भएको जनमत संग्रहमा ‘हुन्छ’ भन्ने पक्षमा ५१.४ प्रतिशत मत खसेको हो । यसले आफूलाई शक्तिशाली बनाउने गरी संवैधानिक परिवर्तन गर्न राष्ट्रपति रेसेप तैयप इर्दोगानलाई बाटो खुलेको छ । तर टर्कीका तीन मुख्य सहर इस्तानबुल, अंकारा र इजमिरका बासिन्दाले भने संवैधानिक परिवर्तनको विपक्षमा मत दिएका छन् ।

जनमत संग्रहको परिणामलाई प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले अस्वीकार गरेको छ । विपक्षीले छाप नलगाइएका मतपत्र प्रयोग भएको दाबी गर्दै ६० प्रतिशत मत पुन: मतगणना हुनुपर्ने माग गरेको छ । कुर्दिस समर्थित पार्टी पिपल्स डेमोक्रेटिक पार्टीले पनि मतगणनाको वैधानिकतामाथि प्रश्न उठाएको छ । तर, निर्वाचन आयोगले निर्वाचन वैधानिक भएको बताएको छ । अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई) ले पनि जनमत संग्रहका दुवै पक्षलाई समान अवसर नदिइएको, राज्यका स्रोतसाधनको दुरुपयोग गरिएको र कार्यकारी राष्ट्रपतिको विपक्षीलाई अभियान सञ्चालन गर्नसमेत अवरोध गरिएको जनाएको छ ।

साँघुरो मतअन्तरले परिवर्तन पक्षधर विजयी भएपछि प्रतिक्रिया दिँदै युरोपेली आयोगले मतान्तरलाई सम्मान गर्न र सम्भव भएसम्म बृहत् राष्ट्रिय सहमति खोज्न राष्ट्रपतिलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री नुरेट्टिन कानिक्लीले नयाँ पद्धतिका कानुनी परिवर्तनको प्रक्रिया पूरा गर्न एक वर्ष लाग्ने बताएका छन् । अब राष्ट्रपति र संसदीय निर्वाचन सन् २०१९ नोभेम्बर ३ मा हुनेछ । उक्त निर्वाचनमा प्रधानमन्त्रीको पद रहनेछैन । राष्ट्रपतिले सर्वोच्च अदालतका १५ न्यायाधीशमध्ये १२ जना नियुक्त गर्नेछन् भने राष्ट्रिय सुरक्षा परिषदका सदस्यहरू नियुक्त गर्नेछन् । कार्यपालिका गठनमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । यसले इर्दोगानलाई निरंकुश बनाउने आलोचकहरूले बताएका छन् । राष्ट्रपति इर्दोगानले अब आगामी वर्ष मृत्युदण्डको प्रावधानलाई ब्युँताउने विषयमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । तर, त्यस्तो गरिए टर्कीलाई सदस्यता दिनेबारेको छलफल समाप्त हुने युरोपेली संघले चेतावनी दिइसकेको छ ।
जर्मनीका राष्ट्रपतिको आग्रह
जर्मन चान्सलर एन्जेला मर्केलले टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानलाई सम्मानजनक वार्ताको लागि आग्रह गरेकी छन् । टर्कीका सबै राजनीतिक पार्टी र सामाजिक पक्षलाई अर्थपूर्ण वार्ताका लागि राष्ट्रपतिले सम्बोधन गर्ने जर्मन सरकारले आशा गरेको मर्केलले बताएकी छन् ।

प्रकाशित : वैशाख ५, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?