कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बेलायती प्रधानमन्त्रीले गरिन् अप्रत्यासित चुनाव घोषणा

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले एउटा अप्रत्यासित सम्बोधनमा आगामी ८ जुनमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन् । पदावधि सकिन झण्डै तीन वर्ष बाँकी रहदा उनको त्यस्तो घोषणा आएको हो ।

बेलायती प्रधानमन्त्रीले गरिन् अप्रत्यासित चुनाव घोषणा

मंगलबार आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि उनले गरेको प्रस्तावलाई बुधबार संसदले पारित गर्नुपर्ने हुन्छ ।

वर्तमान संसदको पदावधि सन् २०२० सम्म रहेपनि गत वर्षको ब्रेक्जिट परिणामले प्रधानमन्त्री मेलाई आम चुनाव गर्न दबाव परेको थियो ।

गत वर्ष बेलायत इयूबाट बाहिरिने पक्षमा वहुमत आएपछि डेभिड क्यामरुनले राजीनामा दिए लगत्तै मे प्रधानमन्त्री भएकी थिइन् । तर उनी २०१५ को आम निर्वाचनमा पार्टी नेताका हैसियतले निर्वाचित नभएकाले ब्रेक्जिट वार्तामा बेलायत कडा रुपमा बहिगर्मन हुन
मेसँग म्यान्डेट नभएको भनि युरोप पक्षधरहरुले विरोध गर्दै आएका थिए ।

बेलायतको चौंथो ठूलो लिबरल डेमोक्रेटिक पार्टीका नेता टिम फ्यारोनले आम चुनाव घोषणाको स्वागत गर्दै प्रधानमन्त्री मेले लिएको गलत युरोप नीति सच्याउने मौका आएको बताएका छन् ।

प्रधानमन्त्री मेले सिंगल मार्केट, भन्सार संघ र आप्रवासीको आवतजावत (फ्रि मुभमेन्ट) अन्त्य गर्ने गरी ब्रेक्जिट वार्ता बढाउने कार्ययोजनाको परीक्षण हुने कतिपय विश्लेषकहरुको धारणा छ ।

वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदमा वहुमत भएपनि ब्रेक्जिटका कारण आन्तरिक मतभेद निकै चुलिएको छ । बेलायती जनमानसमा ब्रेक्जिट सम्बन्धि चर्को मतभेद कायमै छ ।

प्रकाशित : वैशाख ५, २०७४ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?