कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाद्वारा आफ्नो भिषा प्रक्रियामा व्यापक फेरबदल गर्ने तयारी

नयाँ अध्यागमन नियमले नेपालीलाई पनि असर पर्ने
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले विदेशी कामदारहरुलाई दिंदै आएको भिषामा व्यापक फेरबदल गर्ने तयारी गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबलले विदेशी कामदारहरुलाई दिंदै आएको भिषा ४५७ पूर्ण रुपमा हटाउने घोषणा गरेका छन् ।

अस्ट्रेलियाद्वारा आफ्नो भिषा प्रक्रियामा व्यापक फेरबदल गर्ने तयारी



अस्ट्रेलियाले प्रत्येक वर्ष यहाँको श्रम आपूर्ति गर्नका लागि भन्दै विदेशी कामदारहरुलाई सुविधासहितको भिषा दिंदै आएको थियो । जसमा कामदारहरुलाई यहाँको नागरिक सरह पूर्ण रुपमा काम गर्ने अधिकार दिंदै आएको थियो । तर अहिले अस्ट्रेलियाली नागरिकहरुलाई प्राथमिकता दिने र स्वदेशकै नागरिकहरुलाई रोजगारीको वातावरण सृजना गर्नका लागि उक्त भिषा नियम नै पूर्ण रुपमा हटाउन लागेको हो । 

उक्त भिषामा यहाँका रोगजारदाताले विदेशका दक्ष नागरिकहरुलाई आफ्नो व्यवसायमा काम गर्नका लागि ४ वर्षसम्म बोलाउन मिल्ने व्यवस्था थियो भने जसले दुई वर्षको अवधिपछि यहाँको स्थायी बासिन्दाको लागि आवेदन दिन पाउने व्यवस्था थियो । 

प्रधानमन्त्री टर्नबलका अनुसार सो भिषा नियम छोटो समय र मध्यम समयको दक्ष जनशक्ति भिषाले प्रतिस्थापन गर्नेछ । जस अनुसार छोटो समयका लागि २ वर्ष अवधिका लागि भिषा प्रदान गरिनेछ भने उनीहरुलाई स्थायी बासिन्दाको अनुमतिका लागि आवेदन दिने अधिकार हुनेछैन् । अर्काेतिर मध्यम समयका लागि उच्च दक्ष कामदारहरु मात्र भित्र्याउने लक्ष्य सरकारको छ । जसलाई निश्चित समयपछि स्थायी बासिन्दाको अनुमतिका लागि आवेदन दिने अधिकार दिइनेछ ।

‘यो नियमले नेपालीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्,’ अध्यागमन क्षेत्रमा लामो समयदेखि काम गरिरहेका संजीव पाण्डेले भने । उनका अनुसार अहिले पनि बार्षिक सयौंको संख्यामा नेपालीहरु यही भिषा अन्तरगत आइरहेको भएपनि अष्ट्रेलिया सरकारको यो निर्णयपछि नेपालीहरु पूर्ण प्रभावित हुनेछन्  । ‘यो अस्ट्रेलिया आफ्नो अध्यागमन नियमप्रति कडा हुँदै गएको संकेत समेत हो,’ उनले भने । 

विशेष गरेर अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुमध्ये केही यही भिषा अन्तरगत स्थायी बासिन्दाको अनुमति लिने गर्दछन् । तर यो भिषालाई पूर्णरुपमा हटाउने निर्णय भएपछि यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुसमेत प्रत्यक्ष रुपमा प्रभावित हुने भएका छन् । 
त्यसबाहेक नेपालबाट इन्जिनियररिङ्ग, डाक्टर लगायतका भिषामा नेपालीहरु आउँदै गएकोमा उनीहरु समेत प्रभावित हुने भएका छन् । यो भिषा पूर्णरुपमा हटिसकेपछि यसको बदलामा ल्याइएको दुई प्रकारको भिषा अहिलेकोभन्दा कठिन हुने यही क्षेत्रमा काम गरिरहेका जानकारहरु बताउँछन् । 

तथ्यांक अनुसार गत सेप्टेम्बरसम्म यो भिषा अन्तरगत ९५ हजार ७ सय ५७ जना अष्ट्रेलियामा छन भने ७६ हजार ४ सय ३० उनीहरुका परिवारहरु यही भिषा अन्तरगत अस्ट्रेलियामा रहेका छन् । 

 

 

प्रकाशित : वैशाख ५, २०७४ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?