कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बस दुर्घटना हुँदा भारतमा ४४ जनाको मृत्यु, १२ घाइते

नयाँदिल्ली — उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

बस दुर्घटना हुँदा भारतमा ४४ जनाको मृत्यु, १२ घाइते

हिमाञ्चल प्रदेश अन्तर्गत पर्ने सिम्लाका जिल्ला आयुक्त रोहनचन्द ठाकुरले प्रारम्भीक विवरणअनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको खवर आफुलाई प्राप्त भएको बताए । घटनामा परी अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अधिकारीले जनाएका छन् । 

बुधबार दिउँसो ५६ जना यात्रु लिएर गइरहेको बस टोनस नदीमा खसेको रोहनले जानकारी दिए । हिमाञ्चल प्रदेशको राजधानी सिम्लादेखि धेरै दुर्गम क्षेत्रमा पर्ने गुमा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

प्रकाशित : वैशाख ६, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?