३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खानाको बिषयमा असन्तुष्टि जनाउने भारतीय बीएसएफका जवान बर्खास्त

भारत — भारतीय बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ले खानाको बिषयमा असन्तुष्टी जनाएका एक जवानलाई बर्खास्त गरेको छ । तेजबहादुर यादवले केही महिना अघि बोर्डर सुरक्षामा खटिएका सैनिकलाई दिइने कम गुणस्तरीय खानाबारे भिडियो पोष्ट गरेका थिए जुन निकै चर्चित भएको थियो ।

खानाको बिषयमा असन्तुष्टि जनाउने भारतीय बीएसएफका जवान बर्खास्त

उनले पोष्ट गरेको भिडियो ८० लाख पटक हेरिएको छ । उनले पाकिस्तानको सीमा खटिएका जवानलाई दिइने खाना खानै नसकिने खालको बताएका थिए ।

बीएसएफले गलत जानकारी फैलाएको भन्दै यादवलाई बर्खास्त गरेको हो । यादवले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने प्रतिक्रिया दिएका छन् ।

उनले जनबरीमा सार्वजनिक गरेको भिडियोमा जवानलाई रोटीसँग नून र खुर्सानी मात्रै खान दिइने गरेको आरोप लगाएका थिए ।

उनलाई फोर्सबारेको गलत जानकारी सोसल मिडियामा पोष्ट गरेको र दुई वटा मोबाइल बोकेको आरोपमा निलम्बन गरिएको बीएसएफले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७४ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?